श्रावण २, २०८२ शुक्रबार July 18, 2025

४३ हजारले लिए भेरोसेलको दोस्रो मात्रा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः काठमाडौं महानगरपालिकामा सञ्चालित केन्द्रबाट हालसम्ममा ४३ हजार १८ जनाले कोभिड–१९ विरुद्धको (चिनियाँ खोप) भेरोसेलको दोस्रो मात्रा लिएका छन् । पहिलो मात्रा दिएकालाई यही जेठ २ गतेदेखि भेरोसेलको दोस्रो मात्रा दिन थालिएको हो ।

यसरी खोप लिनेमा २३ हजार ४८५ पुरुष र १९ हजार ५३३ महिला छन् । यो सङ्ख्या कामपाको वडा स्तरीय ३२ वटा खोप केन्द्र र त्रिवि शिक्षण अस्पतालमा भएको एउटा गरी ३३ खोप केन्द्रको सङ्ख्या हो । यीमध्ये सबैभन्दा धेरै वडा नं २६ को खोप केन्द्र लैनचौरबाट दुई हजार ४९२ ले खोप लिएका छन् । वडा १६ को बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र जुडो हल केन्द्रबाट दुई हजार ४२७ ले र तेस्रोमा वडा नं ३२ बाट दुई हजार ३८५ ले खोप लिएका छन् ।

कामपामा ११ वडामा खोप लिनेको सङ्ख्या एक हजारभन्दा कम रहेको छ । यी वडामा सबैभन्दा थोरै, वडा नं १९ बाट १९७ जनाले, त्यसपछि वडा नं २० मा ३९४ र तेस्रोमा वडा नं २४ मा ४०८ जनाले खोप लिएका छन् । त्यसपछि वडा नं २१, २८, २३, २२, १८, ८, २५ र ३० मा क्रमशः ४१९, ४४२, ४८७, ५२५, ७०६, ७२९, ८१३ र ९०५ रहेका छन् । जेठ ११ गतेसम्म चल्ने खोपमा गत चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म पहिलो मात्रा १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिलाई खोप दिइने व्यवस्था गरिएको छ ।

यस अवधिमा हरेक दिन बिहान १०ः०० देखि अपराह्न ४ः०० बजेसम्म पहिलो मात्रा लगाएको कार्ड लिएर पायक पर्ने खोप केन्द्रमा जानुपर्छ । दोस्रो खोप लगाउन पहिलो खोप लिएको मितिका आधारमा तय गरिएको छ । नागरिकलाई सहजताका लागि सबै वडामा खोप केन्द्रको व्यवस्था गरिएको छ ।

पहिलो डोज जहाँसुकै लगाएको भए पनि दोस्रो डोज भने पायक पर्ने स्थानमा लगाउने व्यवस्था हुँदा नागरिकलाई सहज भएको छ । कामपामा अहिलेसम्म ५४ हजार ५६८ सङ्क्रमितमध्ये १२ हजार ४१ सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाका कारण ३७२ जनाको मृत्यु भएको छ । बयालिस हजार १५५ जना निको भएको तथ्याङ्कमा उल्लेख छ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार