काठमाडौंः ललितपुर महानगरपालिकाले नगरभित्र सञ्चालित सामुदायिक तथा निजी विद्यालयलाई विद्यार्थीको आन्तरिक एवं वैकल्पिक विधिबाट परीक्षाको मूल्यांकन गर्न निर्देशन दिएको छ ।
महानगरका शिक्षा महाशाखा प्रमुख महेन्द्रबहादुर क्षेत्रीले सूचना जारी गर्दै भौतिक उपस्थितिमा परीक्षा गराउन सम्भव नभएकाले आन्तरिक मूल्यांकनको आधारमा गरिएको नतिजा २५ जेठभित्र शिक्षा महाशाखामा पठाउन निर्देशन दिएका हुन् ।
सूचनामा भनिएको छ, ‘विद्यालयले यसअघि लिएको परीक्षा, विद्यार्थीको निरन्तर मूल्यांकन, आन्तरिक मूल्यांकन र अन्य वैकल्पिक विधिबाट विद्यार्थी मूल्यांकनको आधारमा एवं कक्षा ८ का विद्यार्थीको हकमा विद्यार्थीले प्राप्त गरेको विषयगत प्रयोगात्मक प्राप्तांकसमेत खुलाई तोकिएको एक्सेल सिटमा प्रविष्ट गरी २५ जेठभित्र शिक्षा महाशाखामा पठाउनुपर्नेछ ।’
यसअघि विद्यालयले विद्यार्थी विवरण पठाएकै एक्सेल सिटमा उल्लेख भएबमोजिम विषयगत प्राप्तांकमा प्रविष्ट गरी पठाउन निर्देशन दिइएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया