श्रावण २, २०८२ शुक्रबार July 18, 2025

डाक्टरलाई १ महिनासम्म टेलिकमको निःशुल्क मोबाइल सेवा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले चिकित्सकहरुलाई एक महिनासम्म निःशुल्क मोबाइल सेवा उपलब्ध गराउने भएको छ । कम्पनीले कोरोना भाइरसको महामारीमा अहोरात्र खटिने डक्टरहरुलाई प्रोत्साहन स्वरुप यस्तो सुविधा दिन लागेको हो ।

यद्यपी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरुले मात्र टेलिकमको यो सुविधा पाउने छन् । काउन्सिलले एक महिना अवधिका लागि अनलिमिटेड एनटीसी भ्वाइस प्याक लिनका लागि इच्छुक चिकित्सकहरुलाई सम्पर्क गर्न जानकारी गराएको छ ।

यो सुविधा लिनका लागि चिकित्सकको मोबाइल नम्बर नेपाल टेलिकमबाट जारी गरिएको हुनुका साथै सो नम्बर सम्बन्धित चिकित्सक स्वयंकै नाममा दर्ता भएको हुनुपर्नेछ । चिकित्सकहरुले यहाँ क्लिक गरी टेलिकमको निःशुल्क भ्वाइस प्याक सेवाका लागि अनुरोध फाराम भर्न सक्नेछन् । -टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार