श्रावण ३, २०८२ शनिबार July 19, 2025

पाल्पामा १ सय ३३ जना कोरोना सङ्क्रमणमुक्त, ९५ सङ्क्रमित थपिए, दुईको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पाल्पामा आइतबार थप ९५ जना कोरोना सङ्क्रमित थपिएका छन । त्यस्तै १ सय ३३ जना निको भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

जिल्लामा थप दुई जना कोरोना संङ्क्रमितका मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । योसँगै पाल्पामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ७९ पुगेको छ ।

जिल्लामा हाल १ हजार ४ सय २० जना सक्रिय संक्रमित रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया