श्रावण ३, २०८२ शनिबार July 19, 2025

सोमबार थप ७४२५ जनामा कोरोना संक्रमण पुष्टिः ७ हजार १३५ जना संक्रमण मुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालमा पछिल्लो २४ घन्टामा थप ७४२५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा पीसीआर विधिबाट १९ हजार ८४६ र एन्टिजेन विधिबाट ६०७ जनाको परीक्षण गर्दा ७ हजार ४२५ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घन्टामा ७ हजार १३५ जना कोरोना भाइरसबाट निको भएका छन् । नेपालमा हालसम्म निको हुनेको संख्या ३ लाख ९८ हजार ४८३ पुगेको सरकारी तथ्यांकमा उल्लेख छ ।

हाल देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ४४७ पुगेको छ । यस्तै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख २० हजार नाघेको मन्त्रालयले जनाएको छ ।

बितेको २४ घन्टामा कोरोना संक्रमणबाट थप १८५ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ६ हजार ५३१ पुगेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया