श्रावण ३, २०८२ शनिबार July 19, 2025

पाल्पामा थप १ सय ६३ जना सङ्क्रमणमुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पाल्पामा सोमबार पाल्पामा थप १ सय ६३ जनाले कोरोना सङ्क्रमण जितेका छन् । पछिल्लो २४ घण्टामा ७६ जना महिला र ८७ जना पुरुष कोरोनामुक्त भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

गत तीन दिनको आँकडामा लगातार संक्रमित हुने भन्दा निको हुनेको सङ्ख्या बढेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।
जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्यामा समेत कमी आएको छ । योसँगै हाल एक हजार ३ सय ६७ जना सक्रिय संक्रमित रहेका छन् ।
पाल्पामा सोमबार थप १ सय १० जना कोरोना संक्रमित थपिएका छन् । जिल्लामा अहिले सम्म ७९ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया