असार २३, २०८२ सोमबार July 7, 2025

विदेशीको प्रिय बन्न ओली कम्युनिस्ट पार्टीलाई बर्बाद बनाउन लागे – माधव कुमार नेपाल (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पार्टी अध्यक्ष केपी ओलीले स्थायी समिति बैठकबाट तपाईं र झलनाथ खनाललगायत ११ जनालाई पार्टीबाट निष्कासन गर्नुभएको छ, यसलाई कसरी लिनुभएको छ ?

केपी ओलीको यो निर्णय हास्यास्पद हो । उहाँले हामीजस्तो व्यक्तिलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गर्नुभयो भन्नेभन्दा हास्यास्पद अरू के होला ? जसले राष्ट्रघाती काम गरिरहेको छ, कम्युनिस्टविरोधी काम गरेर आन्दोलनलाई टुक्राटुक्रा पार्न खोजिरहेको छ, क्षतविक्षत् बनाउन खोजेको छ, कम्युनिस्ट आन्दोलनलाई पूरै दक्षिणपन्थी भासमा फसाउन खोजेको छ, विकृति र विसंगतिको थुप्रो लगाएको छ, सरकार चलाउँदा पनि जनताबीच बदनाम भएको छ, जनताको समस्यामा असंवेदनशीलता देखाइरहेको छ, मुलुकमा महामारी चलिरहेका वेला भ्रष्टाचार व्याप्त बनाएको छ त्यस्तो मान्छेले पार्टी, मुलुक र आन्दोलनका लागि काम गर्ने इमानदार नेता–कार्यकर्तालाई कारबाही गर्ने हास्यास्पद मात्रै हो । त्यसको कुनै अर्थ छैन । जसले देशको संविधान र पार्टीको विधानविपरीत केन्द्रीय कमिटीलाई यत्तिकै विघटन गर्न सक्छ त्यस्तो व्यक्तिको कुनै हैसियत छैन र कारबाही गर्नुको कुनै तुक छैन ।

तर तपाईंहरूले निरन्तर पार्टी अनुशासन  अवज्ञा गर्नुभयो, पार्टीले एकातिर निर्णय गर्ने, तपाईंहरू अर्कोतिर लाग्ने ? यो हिसाबले तपाईंहरू कारबाहीको भागीदार होइन र ?

उहाँले चाहिँ के अनुशासन पालना गर्नुभयो त ? उहाँले एकता कायम राख्नका लागि के काम गर्नुभयो ? एकता कायम राख्नका लागि वार्ता कमिटी बनाइएको छ, तर निर्णय भने एकलौटी ढंगले जथाभावी गर्नुभएको छ । संसद् भंग गर्नुभएको छ । प्रतिगमनकारी कदम चाल्नुभएको छ । नेपालको गणतन्त्र र संघीयतालाई कमजोर बनाउने काम गर्नुभएको छ । खुलेआम संविधान मिच्नुभएको छ । योचाहिँ के अनुशासनको पालना गरेको हो ? उहाँले न संवैधानिक अनुशासन, न पार्टी विधानको अनुशासन न त अरू कुनै अनुशासनको पालना गर्नुभएको छ । यस्ता व्यक्तिले गर्दा सारा देशले दुःख पाइरहेको छ । उहाँकै कारण कम्युनिस्ट पार्टीभित्रका सम्पूर्ण कार्यकर्ता अत्यन्तै पीडित बनेका छन् । सानो गुट बनाएर पूरै दलाल पुँजीवाद र भ्रष्टाचारको दलदलमा फसेको मान्छेले यस्ता निर्णय गर्नुलाई म अस्वाभाविक ठान्दिनँ । हामीजस्ता इमानदार, निष्ठावान, कम्युनिस्ट आन्दोलनको पक्षमा र संविधानको रक्षाका लागि दृढतापूर्वक उभिने, जनताले चुनेर पठाएको संस्था प्रतिनिधिसभालाई जोगाउनका लागि लागिपर्ने नेता–कार्यकर्ताविरुद्ध विध्वंसकारी प्रवृत्ति भएका केपी ओलीले यस्तो कदम चाल्नुलाई मैले अनौठो मानेको छैन ।

तपाईंहरूमाथि कारबाही त नै भइसक्यो, अब के गर्नुहुन्छ ?

हामी छलफल गर्छौं ।

एमाले पार्टी विभाजन गर्नुहुन्छ, नयाँ पार्टी गठन गर्नुहुन्छ  वा अरू केही कदम चाल्नुहुन्छ ?

उहाँले हामीलाई धकेलेर बाहिर निकाल्न खोज्नुभएको छ । उहाँले खोजेको भनेकै विदेशीहरूको इसारामा कम्युनिस्ट पार्टीलाई छिन्नभिन्न बनाउने हो, विभाजन गर्ने हो । उहाँ पूरै विदेशीहरूको कठपुतली बन्नुभएको छ । त्यही भएर विदेशीहरूको प्रिय पात्र बन्न खोज्नुभएको छ । विदेशीको प्रिय बन्नका लागि कम्युनिस्ट पार्टीलाई बर्बाद पार्न लाग्नुभएको छ । त्यसो हुनाले क्रान्तिकारी पार्टी निर्माण गर्ने र कम्युनिस्ट पार्टीलाई क्रान्तिकारीकरण गर्ने हाम्रो सोच छँदै छ । कम्युनिस्ट पार्टीलाई कसरी लोकतान्त्रिक बनाउने, क्रान्तिकारी पनि बनाउने र जनताको प्रिय पार्टी बनाउने भन्ने विषयमा हामी छलफल चलाउँछौँ ।

त्यसो भए अब नयाँ पार्टी गठन गर्नुहुन्छ ?

मैले भनिसकेँ, कम्युनिस्ट पार्टीलाई क्रान्तिकारीकरण गर्ने हाम्रो सोच छ । कसरी गर्ने भन्ने विषयमा छलफल गर्छौं । नयाँपत्रिकाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार