असार २४, २०८२ मंगलबार July 8, 2025

एसईई सञ्चालनको टुङ्गो लागेपछि मात्र नयाँ शैक्षिक सत्रको निधो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनको टुङ्गो लागेपछि मात्र नयाँ शैक्षिक सत्रबारे निर्णय हुने भएको छ । एसईईले समग्र शैक्षिक कार्यक्रम नै प्रभावित पार्ने भएकाले नयाँ शैक्षिक सत्रबारे निर्णय गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय केही समय पर्खने भएको हो ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले नयाँ शैक्षिक सत्र असारदेखि प्रारम्भ गर्ने निर्णय सरकारले गरे पनि कोरोना महामारीका कारण अवस्था फेरिन सक्ने बताउनुभयो । सङ्क्रमण कसरी जान्छ भन्ने आधारमा नै धेरै कुराको टुङ्गो लाग्ने उहाँको भनाइ छ ।

एसईई परीक्षा सञ्चालन सम्बन्धमा अध्ययन गर्न राष्ट्रिय परीक्षा बोर्डबाट गठित कार्यदल अध्ययन र सुझाव सङ्कलन गर्ने क्रममै रहेको जनाइएको छ । मन्त्रालयका प्रवक्ता शर्माले अध्ययन कार्यदलले प्रतिवेदन बोर्डमा पेस गर्ने र बोर्डको सिफारिस प्राप्त भएपछि यस विषयमा निर्णय हुने जानकारी दिनुभयो ।

यसअघि सरकारले जेठ १३ देखि एसईई सञ्चालन गर्ने निर्णय गरेको थियो तर कोभिड सङ्क्रमण बढेपछि अर्को सूचना नभएसम्म परीक्षा रोकिएको छ । कक्षा १२ को परीक्षा पनि हाल रोकिएको छ ।

नयाँ शैक्षिक सत्रको सुरुआत तथा हालको शैक्षिक सत्रमा पठनपाठनका सम्बन्धमा स्थानीय तहका फरक–फरक अनुभव आएको मन्त्रालयले जनाएको छ । केही स्थानीय तहले पठनपाठन पूरा गरी परीक्षासमेत लिइसकेको तर ढिलो गरेर पठनपाठन सुरु गरेका स्थानीय तहमा भने पठनपाठन नै पूरा हुन नसकेको जानकारी आएको प्रवक्ता शर्माले बताउनुभयो ।

कोरोनाका कारण केही स्थानीय तहमा कात्तिकपछि त केहीमा त्यसभन्दा पनि ढिलो पठनपाठन सुरु भएका कारण एकरूपता कायम हुन नसकेको उहाँको भनाइ छ । ढिला गरी पठनपाठन सुरु भएका स्थानीय तहका विद्यालयले अन्तिम वार्षिक परीक्षासमेत लिन बाँकी छ ।

सरकारले जेठभित्र अन्तिम वार्षिक परीक्षा सक्न र असारबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने कार्यतालिका बनाएको थियो । विद्यार्थीको सिकाइ उपलब्धि हासिल हुन नसक्ने भन्दै सरकारले चैतमा सकिने शैक्षिक सत्र यस पटकको जेठसम्म पु-याउने निर्णय गरेको थियो । शैक्षिक सत्र दुई महिना लम्ब्याइए पनि दोस्रो लहरको सङ्क्रमण फैलिएपछि त्यो योजनासमेत कार्यान्वयन हुन समस्या आएको छ । गोरखापत्रबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार