श्रावण ३, २०८२ शनिबार July 19, 2025

नेपालमा पनि ‘ब्ल्याक फंगस’ बढ्दो, औषधि अभाव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैंः गत वैशाखमा बुटवलस्थित कोरोना अस्पतालमा कपिलवस्तुका ६० वर्षीय एक पुरुषको मृत्यु भयो । यसअघि उनी दुई साता आईसीयूमा उपचारपछि कोरोना रिपोर्ट नेगेटिभ आएर डिस्चार्ज भएका थिए ।

अक्सिजनको मात्रा दिइराख्नुपरेको र टाउको दुखिरहेपछि उनलाई लुम्बिनी प्रादेशिक अस्पतालमा राखेर पुनः उपचार थालिएको थियो । मधुमेह भएकाले उपचार गर्दागर्दै उनको एक्कासि आँखाको दृष्टि गुमेको अस्पतालका वरिष्ठ कन्सलटेन्ट फिजिसियन डा. सुदर्शन थापाले बताए ।

‘अचानक आँखा बन्द भयो, टाउको अधिक दुख्यो भन्नुभयो, बिस्तारै बेहोसी अवस्थामा गएर बिरामीको मृत्यु भयो,’ डा. थापाले भने, ‘कोरोना निको भए पनि ब्ल्याक फंगस (कालो ढुसी) सँग मिल्दाजुल्दा सबै लक्षण देखापरेका थिए । कागजमा देखिने गरी टिपोट नगरिए पनि बिरामीको मृत्यु फंगसकै कारण भएको हाम्रो अनुमान छ ।’

पछिल्लो २ सातामा नेपालगन्जस्थित भेरी अस्पतालमा ४ जना कोरोना संक्रमितमा ब्ल्याक फंगसको संक्रमण देखिएको छ । अस्पतालका प्रमुख कन्सलटेन्ट फिजिसियन डा. राजन पाण्डेका अनुसार ब्ल्याक फंगस संक्रमण देखिएका एकको मृत्यु भइसकेको छ । ‘यसअघि नै मधुमेह भएका कोरोना संक्रमितलाई स्टेरोइड औषधि दिँदा सुगर लेबल थप बढ्छ । यस्ता बिरामीमा ब्ल्याक फंगसको संक्रमण बढी हुने सम्भावना रहन्छ,’ उनले भने ।  कान्तिपुर दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त
२०८२ श्रावण ३, शनिबार
नेसपा (नयाँ शक्ति)ले पाँच महिने प्रशंसा अभियान चलाउने
२०८२ श्रावण ३, शनिबार
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
२०८२ श्रावण ३, शनिबार
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छः उपप्रधानमन्त्री प्रकाशमान सिंह (अन्तवार्ता)
२०८२ श्रावण ३, शनिबार
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री
२०८२ श्रावण ३, शनिबार
काभ्रेपलाञ्चोकमा बस दुर्घटना, २३ यात्रु घाइते (सूचीसहित)
२०८२ श्रावण ३, शनिबार
एमाले पोलिटब्युरो बैठक ललितपुरमा सुरु
२०८२ श्रावण ३, शनिबार