श्रावण ३, २०८२ शनिबार July 19, 2025

चिकित्सकमाथि आक्रमण भएको घटनालाई लिएर भेरी अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बाँकेको भेरी अस्पतालमा बिहीबार राति चिकित्सकमाथि आक्रमण भएको घटनालाई लिएर स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन्। कोरोना संक्रमण भई उपचाररत एक संक्रमितको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकमाथि आक्रमण गरेका थिए ।

कोरोना भाइरस माहामारीको समयमा आफ्ने ज्यन जोखिममा राखी संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीको सुरक्षा व्यवस्थालाई लिएर स्वास्थ्यकर्मी आन्दोलित भएको बताएका छन्।

आन्दोलनरत स्वास्थ्यकर्मीहरूले राजनीति चाहिँदैन, स्वास्थ्यकर्मी कुट्न पाइँदैन, नो सेक्युरिटी, नो वर्क, दोषीलाई कारबाही गर, हामीलाई न्याय चाहियो, नेताको पावर चाहिँदैन, पुलिस प्रशासन हायहाय लगायतका नारा लगाउँदै अस्पताल परिसरमै विरोध जनाएको छन्।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले ज्यानै लिनेगरि भएको घटनामा दोषीले कडा कारबाही हुने कुराको आशंकामा स्वास्थ्यकर्मीहरू सन्त्रासमा रहेको बताए। स्वास्थ्यकर्मीहरू अस्पताल परिसरमा बाहिरै भेला भएर विरोध जनाएका छन्, स्वास्थ्यकर्मीहरुले काम भने नरोकेको मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले जानकारी दिए।

भेरी अस्पतालको सिप्याप भेन्टिलेटरमा उपचाररत गम्भीर अवस्थाका विरामी दाङका ५४ वर्षीय संक्रमितको ज्यान गएपछि आक्रोशित आफन्तले अस्पतालमा तोडफोड गर्दै स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका हुन्। डा. थापाले ‘चिकित्सकहरुले उनलाई बचाउन हरसम्भव गरिरहेको प्रयास सफल हुन नसकेको’ जानकारी दिँदै उपचार गराइरहेका आफन्तको मृत्युपछि केही मानिसले डाक्टर तथा नर्समाथि कुटपिट गरेको बताए। उनीहरूले अस्पतालसमेत तोडफोड गरेका थिए।

मृत्यु हुने दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका ५४ वर्षीय डिल्लीबहादुर रावत थिए। उनको मृत्यु भएपछि उनका भाइ मानबहादुर रावत र छोराहरू भरत रावतलगायत ४(५ जनाको समूहले अस्पतालका डाक्टर तथा नर्समाथि आक्रमण गरेको प्रहरी स्रोतले जनाएको छ।

मानबहादुरसहित तीन जनालाई प्रहरीले पक्राउ गरिसकेको जनाएको छ। पक्राउ पर्नेमा छोरा भरत र लोकराज रावत पनि छन्। मृतकका आफन्तहरूको आक्रमणले ४ जना नर्सिङ स्टाफ र एकजना चिकित्सक घाइते भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त
२०८२ श्रावण ३, शनिबार
नेसपा (नयाँ शक्ति)ले पाँच महिने प्रशंसा अभियान चलाउने
२०८२ श्रावण ३, शनिबार
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
२०८२ श्रावण ३, शनिबार
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छः उपप्रधानमन्त्री प्रकाशमान सिंह (अन्तवार्ता)
२०८२ श्रावण ३, शनिबार
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री
२०८२ श्रावण ३, शनिबार
काभ्रेपलाञ्चोकमा बस दुर्घटना, २३ यात्रु घाइते (सूचीसहित)
२०८२ श्रावण ३, शनिबार
एमाले पोलिटब्युरो बैठक ललितपुरमा सुरु
२०८२ श्रावण ३, शनिबार