मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

मन्त्रिपरिषद बैठक केहीबेरमा बस्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः मन्त्रिपरिषद बैठक केहीबेरमा बस्दैछ । बजेट अध्यादेश सिफारिस गर्न मन्त्रिपरिषद बैठक बिहान ११ बजे बोलाइएको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ ।

मन्त्रिपरिषद बैठकले बजेट अध्यादेशबाट ल्याउन राष्ट्रपति समक्ष सिफारिस गर्ने छ भने राष्ट्रपतिबाट स्वीकृत भएपछि अर्थमन्त्रीले बजेट सार्वजनिक गर्ने तयारी छ ।

बजेट दिउँसो ४ बजे सार्वजनिक गर्ने तयारी छ । पूर्ण आकारको बजेट ल्याउने सरकारको तयारी छ ।

प्रतिनिधिसभा विघटन भएको अवस्थामा पहिलोपटक अध्यादेशमार्फत बजेट ल्याउन लागिएको हो । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते नै बजेट ल्याउनुपर्ने प्रावधान छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया