असोज ११, २०८३ आइतबार September 27, 2026

आफ्नो घरको वाईफाई स्पिड यसरी बढाउनुहोस् ? टिप्स सहित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः अहिले महामारीको समयमा हामी सबैलाई इन्टरनेटको खपत एकदमै बढेको छ । अध्ययन अध्यापनदेखि काम गर्नसम्म सबैको लागि इन्टरनेट राम्रो हुनु एकदमै महत्वपूर्ण छ । आज सोही विषयलाई मध्यनजर गर्दै आफ्नो घरको वाईफाई स्पीड कसरी बढाउने भन्नेबारे हामी चर्चा गर्दै छौं ।

१. आफ्नो राउटरलाई खुल्ला ठाउँमा राख्ने 

आफ्नो राउटरलाई खुल्ला ठाउँमा वा घरको प्रमुख तल्लामा राखेमा ईन्टरनेटको स्पीड बनाउन सकिन्छ ।

धेरै सामान, भित्ताहरुले गर्दा पनि वाईफाई सुस्त हुने गर्दछ । राउटरलाई भुँइमा भन्दा पनि कुनै फर्निचरको माथि राख्दा राम्रो हुने गर्दछ । कर्डलेस फोन, माइक्रोवेब जस्ता विद्युतिय उपकरणहरुबाट हामीले सम्भवत राउटरलाई टाढा राख्नुपर्छ । राउटरको एन्टीनालाई पनि परपेन्डिकुलर (९० डिग्री), एउटालाई तेस्रो र अर्काेलाई ठाडो बनाएर राख्दा राम्रो हुन्छ ।

तपाईको घरमा वायरलेस डेडस्पट भेट्याउनका निम्ति क्लाउडचेक जस्ता मोबाइल एपलाई प्रयोग गरेर परिक्षण गर्न सकिन्छ । यसले तपाईको घरमा सिग्नल सबैभन्दा राम्रो कहाँ आउँछ भनेर देखाउने गर्दछ र तपाईले त्यहीनै राउटर राख्न सक्नुुहुनेछ ।

२. नौलो वाईफाई प्रविधिको प्रयोग 

प्रविधिहरु परिवर्तन भईरहेको हुन्छ । वाईफाई स्पीड बढाउन सबैभन्दा राम्रो तरिका भनेको नयाँ हार्डवेयर प्रयोग गर्नु हो । पुरानो वायरलेस मोडेलभन्दा नयाँ माडेलहरु तीन गुणा राम्रो चल्ने गर्दछ ।

तपाईले पक्कै पनि डब्लुपिए भएको वाईफाई छान्दा राम्रो हुनेछ । आफ्नो वाईफाईलाई जहिले पनि पासवर्डले सुरक्षित गर्नुपर्छ ।

३. डिभाइस सिमीत गर्ने र सेटिङ्गलाई अप्टीमाइज गर्ने 

धेरैजसो राउटरहरुमा क्वालिटी अफ सर्भिस भन्ने सेटिङ्ग रहेको हुन्छ । यसले कुन एपलाई ईन्टरनेट ब्याण्डविथको पहुँच दिने भनेर छुट्याउन सकिन्छ ।

उदाहरणको रुपमा तपाईको कुनै फाइल डाउनलोड भईरहँदा कुनै महत्वपूर्ण वेबिनारमा जोडिनु परेमा यसले धेरै प्राथमिक्ता कललाई दिन्छ । यस्तोमा फाइल त तपाईले पछि पनि डाउनलोड गर्न सक्नुहुन्छ तर सुरुमा के महत्वपूर्ण छ त्यसलाई प्राथमिक्ता दिएर काम गर्न सकिन्छ ।

त्यस्तै वायरलेस राउटको फर्मवेयर र ड्राइभरमा पछिल्लो अपडेट गरिएको छ की छैन् भन्ने कुरामा पनि ध्यान पु¥याउनुपर्छ । यसको लागि राउटर सेटिङ्गमा गएर म्यानुअली अपडेट स्टार्ट गर्नुपर्ने हुन्छ ।

वाईफाई एनालाईजर वा वाईफाइ स्कयानर प्रयोग गरेर वाईफाईको च्यानेल तपाईको छिमेकी भन्दा भिन्न पार्न सकेमा पनि ईन्टरनेटको स्पीड राम्रो हुने गर्दछ । -आईसिटीखबर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन
२०८३ असोज ११, आइतबार
सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण : डा गुणाकर भट्ट
२०८३ असोज ११, आइतबार
‘नेपाली डायस्पोरा आर्थिक रूपान्तरणको महत्वपूर्ण साझेदार’ : परराष्ट्रमन्त्री
२०८३ असोज ११, आइतबार
बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा
२०८३ असोज ११, आइतबार
पर्यटन विकासका लागि अन्तर मन्त्रालय समन्वय आवश्यक छ : मन्त्री पौडेल
२०८३ असोज ११, आइतबार
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा
२०८३ असोज ११, आइतबार
गिवाङको पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार
२०८३ असोज ११, आइतबार