काठमाण्डौः पछिल्लो २४ घण्टामा १४ हजार ६ जनाको RT / PCR र ७४६ जनाको Antigent परीक्षण गराउँदा ४४८७ जनामा कोरोना संक्रमण देखिएको छ ।
यो सहित हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख ५३ हजार ४२२ जना पुगेको छ।
२४ घण्टामा थप ६०८० जना कोरोना संक्रमण मुक्त भएका छन् । हालसम्म कोरोना जित्नेको संख्या ४ लाख ३४ हजार ७५० जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
२४ घण्टा भित्र मृत्यु भएको संख्या थप ११६ जना र हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार १ सय ६३ जना पुगेको मन्त्रालयले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया