असार २४, २०८२ मंगलबार July 8, 2025

प्रभावकारी हुन सकेन अनलाइन शिक्षा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कोरोना महामारीबाट बच्न जारी निषेधाज्ञाका बेला सरकारी विद्यालयमा यन्त्र र संस्थागत विद्यालयमा स्रोतको अभावमा प्रभावकारी शिक्षण सिकाइ हुन नसकेको सरोकारवालाहरुको भनाइ छ ।

सुशील कोइराला मेमोरियल फाउन्डेसनले आज जुम प्रविधिबाट आयोजना गरेको ‘महामारीमा शिक्षा, चुनौती र सामना गर्ने रणनीति’ विषयक अन्तरक्रियामा प्याब्सनका सहअध्यक्ष डिके ढुङ्गानाले सरकारी विद्यालयलाई अनलाइनबाट पढाउन प्रविधि र यन्त्रको व्यवस्था गरिनुपर्ने बताउनुभयो । संस्थागत विद्यालयलाई स्रोतको व्यवस्थाका लागि सरकारको पहल आवश्यक रहेको उहाँको भनाइ थियो ।

अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले अहिलेको शिक्षाले चिल्लो प्रमाणपत्र दिने तर संस्कार नदिने भएकाले संस्कार बसाउन शिक्षा नीतिमै व्यवस्था गर्न माग गर्नुभयो । शिक्षामा संस्कार नहुनुमा सरकारी नीति र समाजको पनि दोष रहेको उहाँको भनाइ थियो । सरकारी विद्यालयमा दिवा खाजा र स्यानिटरी प्याडमा छुट्याएको बजेट खर्च नभएकाले त्यसलाई अनलाइन शिक्षा दिन डिभाइसमा खर्च गर्नुपर्ने महासङ्घका अध्यक्ष भण्डारीको माग थियो ।

छात्रवृत्तिलाई वैज्ञानिक बनाउन महासङ्घले लामो समयदेखि राख्दै आएको छात्रवृत्ति बैङ्कको व्यवस्था गरिनुपर्ने माग अझै पूरा नहुँदा विपन्न वर्गका लागि व्यवस्था गरिएको छात्रवृत्तिको दुरुपयोग हुँदै आएको छ । निकै कम मात्र लक्षित वर्गले छात्रवृत्ति पाएका छन् ।

अधिकांश पहुँचवालाले नै छात्रवृत्ति पाएको पत्रकार एवं रत्नराज्य लक्ष्मी क्याम्पसका उपप्राध्यापक जगत नेपालले सुनाउनुभयो । राजनीतिक परिवर्तन भएपनि अरु क्षेत्रमा परिवर्तन नहुने, कानून कार्यान्वयन नहुने, विधिको शासन स्थापित नहुने गरेकाले राजनीतिक प्रणाली पनि टिक्न नसक्ने गरेको उहाँको भनाइ थियो । संविधानमा मौलिक हकका रुपमा राखिएको शिक्षा, स्वास्थ्यजस्ता हकको समेत कार्यान्वयन हुन सकेको छैन ।

सरकारको प्राथमिकतामा शिक्षा परेको भए शिक्षक विद्यार्थीले पहिलो चरणमै खोप पाउने सरोकार भएका निकायका अधिकारीको ऐक्यबद्धता थियो । अरु देशमा शिक्षक, विद्यार्थी एवं शैक्षिक संस्थामा कार्यरत कर्मचारीले पनि पहिलो चरणमै खोप पाएको उहादहरण उहाँहरुले सुनाउनुभयो । अनलाइन माध्यमबाट अध्यापनका लागि सबैतिर ‘डिभाइस’ र नेटवर्क नहुने भएकाले कोरोना महामारी लम्बिरहेको सन्दर्भमा वैकल्पिक व्यवस्था गरिनुपर्ने सरोकारवाला निकायको जोड थियो । शिक्षालाई वस्तु नभई सेवाका रुपमा लिएर संविधानमा मौलिक हकका रुपमा राखेपछि त्यसै अनुसारको व्यवस्था गर्न पनि सो अवसरमा माग गरिएको छ ।

फाउन्डेसनका सदस्यसचिव अतुल कोइरालाले पाँच वर्षअघिदेखि नै समसामयिक विषयमा अन्वेषण यात्रा शुरु गरेको जानकारी दिनु हुँदै महामारीका बेला घरमै बस्न बाध्य बालबालिकाले कसरी अध्ययन गर्ने वातावरण पाउन सक्छन् भन्ने उद्देश्यले अन्तरक्रिया राखिएको सुनाउनुभयो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार