श्रावण ४, २०८२ आइतबार July 20, 2025

६ हजार ८० जना कोरोना भाइरस संक्रमणमुक्त – १ सय १६ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालमा आज आईतबार थप ६ हजार ८० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

यो सँगै नेपालमा हालसम्म ४ लाख ३४ हजार ७ सय ५० जना संक्रमित निको  भएको र निको हुने दर ७८ दशमलव ६ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी आज देशभर गरी ४ हजार ४ सय ८७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
आज १४ हजार ६ नमूनाको पिसिआर परीक्षण गर्दा ४ हजार ३ सय ११ जना र ७ सय ४६ नमूनाको एन्टिजेन परीक्षण गर्दा १ सय ७६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै नेपाली सेनाले विभिन्न समयमा व्यवस्थापन गरेको शवको सङ्ख्या समेत गरी आज १ सय १६ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको पुष्टि भएको छ ।
यो सँगै नेपालमा हाल सम्म कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ७ हजार १ सय ६३ पुगेको छ भने १ लाख ११ हजार ५ सय ९ जना सक्रिय संक्रमित रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार