काठमाडाैंः लुम्बिनी प्रदेशमा साेमबार हुने राष्ट्रिय सभा सदस्य उपचुनावमा जनता समाजवादी पार्टी (जसपा) का चार सांसद्ले मतदान गर्न पाउने भएका छन् ।
निर्वाचन आयोगले जसपाका चार सांसद् कल्पना पाण्डे, सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव र सुमन शर्मा रायमाझीलाई पूरक मतदाताको अधिकार दिएको हाे । निर्वाचन कार्यालय दाङले आज सूचना निकालेर जानकारी दिएकाे हाे ।
सर्वोच्च अदालतले लुम्बिनी प्रदेशका जसपाका चार सांसद्लाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएपनि निर्वाचन आयोगले यसअघि प्रकाशन गरेको अन्तिम मतदाता नामावलीमा उहाँहरुकाे नाम थिएन । तर निर्वाचन कार्यालय दाङले आज त्याे सच्याउँदै उहाँहरुले मतदान गर्न पाउने जनाएकाे हाे ।
लुम्बिनी प्रदेश सरकारमा सहभागी भएकाे भन्दै जसपाकाे उपेन्द्र गुटकाे कीर्ते कारबाहीमा उहाँहरुकाे सांसद् पद गएकाे थियाे । त्यसपछि उहाँहरु चारै जना सर्वाेच्च जानुभएकाे थियाे ।
माओवादीबाट निर्वाचित चन्द्रबहादुर खड्कालाई एमालेमा लागेकाे भन्दै पार्टीले कारबाही गरेपछि लुम्बिनीमा एक पद रिक्त छ । साेही ठाउँमा भाेलि उपचुनाव हुन लागेकाे हाे ।
उपचुनावका लागि नेकपा एमालेका चन्द्रबहादुर खड्का र नेपाली कांग्रेसका उमेदवार दृगनारायण पाण्डेयले उम्मेदवारी दिनुभएकाे छ । पाण्डेय कांग्रेस, माओवादी केन्द्र, जसपाकाे उपेन्द्र गुट र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवार हुनुहुन्छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया