मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

बझाङमा अझै एक साता लकडाउन थप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाणडौंः  बझाङमा वैशाख १८ गतेदेखि जारी निषेधाज्ञा फेरि एक साताका लागि थप गरिएको छ ।

आइतबार अपराह्न बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी ) को बैठकले जेठ १७ गते सोमबारसम्मका लागि लगाइएको निषेधाज्ञा जेठ २४ गते सोमबारसम्मका लागि थप्ने निर्णय गरेको हो ।
जिल्लामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी भएको निषेधाज्ञा सङ्क्रमणको रोकथाम लागी निषेधाज्ञा नै उपयोगी देखिएकाले जेठ २४ गते मध्यराति १२ बजे सम्मका लागि थप्ने निर्णय गरिएको बझाङका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया