मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

न्यायाधीशद्वय कार्की र भट्टराईद्धारा संवैधानिक इजलासबाट अलग भएको घोषणा (पूर्ण पाठ)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः संसद विघटन सम्बन्धी रीटहरुको सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नेतृत्वमा गठित संवैधानिक इजलासका सदस्य न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलासबाट अलग भएको बताएका छन् ।

संसद् विघटनविरुद्धका रिट सुनुवाइका क्रममा ‘प्रश्न उठेका’ दुई न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले इजलास छाड्न नमानेपछि अर्का न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलास छाड्ने घोषणा गरेका छन् ।

फागुन २३ मा अन्तिम आदेश भएको रिट निवेदनको फैसलाको सहउत्पादन हो भन्नेमा दुईमत नरहेको निष्कर्ष निकाल्दै उनीहरु दुवैले संवैधानिक इजलास छाड्ने निष्कर्ष निकालेको बताएका हुन् ।

इजलासमा दुवै न्यायाधीशका तर्फबाट दीपककुमार कार्कीले राय सुनाएका थिए । दुई जना न्यायाधीशका सन्दर्भमा प्रश्न उठेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले नियमावली संशोधन गरेर वरिष्ठताको आधारमा सुनुवाइ गर्ने बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया