मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

जेठ महिनाभर निषेधाज्ञा जारी रहनेः खाद्य, किराना पसल बिहान ९ बजेसम्म खोल्न पाईने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः गत बैशाख १६ देखि काठमाडौै उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो बनाउँदै जेठ महिनाभर लम्ब्याइएको छ ।

उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले जेठ ३१ गतेसम्मम निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

यस्तै बैठकले खाद्यान्न, किराना पसल, खाद्यान्न मात्र बिक्री गर्ने डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिने निर्णय भएको भट्टराईले जानकारी दिए ।

उनले निर्माण सामग्री बोक्ने सवारी साधन रातिको समयमा ढुवानी गरेर दिउँसा निर्माण कार्य  गर्न पाईने बताए । यसैगरी मजदुरलाई निर्माणस्थलमै खान बस्नको व्यवस्था गर्न भनिएको छ ।

यस अघि एक सातादेखि खाद्यान्न पसल र निर्माण कार्यसञ्चालनमा रोक लगाइएको थियो। यस बाहेक यस अघिको अत्यावश्यक बाहेकका कार्यालय खोल्न नपाइने व्यवस्था कायमै छ । बैंक तथा वित्तीय संस्था पनि अहिलेकै अवस्थामा सञ्चालन हुने प्रजिअ भट्टराईले बताए।

निषेधाज्ञाका कारण कोरोना संक्रमणदर कम हुँदै गएकाले निषेधाज्ञालाई निरन्तरता दिइएको हो । यसअघि खाद्यान्न पसल पनि खोल्न नदिएको भन्दै तिब्र आलोचना भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया