मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

विदेशबाट फर्किने यात्रुका लागि नयाँ मापदण्डसहितको ७८ वटा होटललाई क्वारेन्टिन होटल तोकियो (सूची सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः सरकारले टर्की र कतारका लागि नियमित उडान खुलाएसँगै विदेशबाट फर्किने यात्रुका लागि नयाँ मापदण्डसहितको ७८ वटा होटललाई क्वारेन्टिन होटलका रुपमा सूचीकृत गरेको छ ।

पर्यटन विभागले होटलको सूची सार्वजनिक गर्दै विदेशबाट फर्किएपछि शंकास्पद कोरोना संक्रमित समुदायमा नपुगुन् भन्ने उद्देश्यले क्वारेन्टिन बस्न न्यूनतम मापदण्ड सहित ती होटल तोकेको जनाएको  हो ।

पर्यटन विभागका अनुसार ७ वटा पाँचतारे  ७ वटा चार तारे, २ वटा रिसोर्टसहित ७८ वटा होटललाई क्वारेन्टिन होटलका रुपमा सूचीकृत गरिएको छ । त्यसैगरी खाडीमा वैदेशिक रोजगारीमा गएर नेपाल फर्कनेलाई ५ दिन र अन्य अवस्थामा फर्कने नेपाली र विदेशी नागरिकलाई १० दिन होटल बुकिङको प्रमाण देखाएपछि मात्र नेपाल आउन अनुमति दिने नियम बनाईएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया