काठमाडौंः सरकारले जारी गरेको नागरिकतासम्बन्धी अध्यादेशविरुद्धको परेको रिटमाथि आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हेर्दा–हेर्दैमा राखिएको छ ।
नागरिकतासम्बन्धी अध्यादेशविरुद्धको परेको रिटमाथि शुक्रबार (आज)बाट संवैधानिक इजलासमा सुरु भएको सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो। अर्को सुनुवाई जेठ २७ गते हुनेछ ।
रिट निवेदक मध्ये एक अधिवक्ता वीरभद्र जोशीले सो मुद्धामा अब अर्को सुनुवाई जेठ २७ गते हुने जानकारी दिए। उनका अनुसार सबै निवेदकले अध्यादेशअनुसार नागरिकता वितरण रोक्न माग गरेपनि इजलासको प्रारम्भिक सुनुवाई नै नसकिएपछि अन्तरिम आदेश जारी हुन सकेन ।
जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने गरी जारी गरिएको नागरिकता अध्यादेशविरुद्ध परेको रिटमा सर्वोच्चकाे संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हाे ।
अध्यादेशविरुद्ध वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीसहित अधिवक्ताहरु विष्णुकुमारी गिरी, रामबहादुर शाही, कुलबहादुर बोगटी, वीरभद्र जोशी र मौलिक जरोकिलो पार्टीका तर्फबाट सो पार्टीका उपमहासचिव लक्ष्मण पोखरेलसमेतको छुट्टाछुट्टै ७ वटा रिट निवदेन दायर भएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया