बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

माल्दिभ्सविरुद्धको दोस्रो अभ्यास खेलमा पनि नेपाल विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तगर्त दोस्रोे अभ्यास खेलमा नेपाल ‘ए’ ले माल्दिभ्सलाई १०७ रनको फराकिलो अन्तरले पराजित गरेको छ।

शुक्रबार भएको खेलमा २ सय १७ रनको विशाल लक्ष्य पछ्याएको माल्दिभ्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९ रन मात्र बनाएको थियो।

माल्दिभ्सका ओपनर मोहम्मद इभान अली शून्य तथा मोहम्मद रिजवान ७ रनमा एलबीडब्लू आउट हुँदैै पेभिलियन फर्केका थिए।

मध्यगतिका बलर मञ्जित श्रेष्ठले शेर मल्लबाट मोहम्मद आजमलाई २६ रनमा क्याच आउट गराएपछि नेपालको जित उन्मुख भएको थियो। आजमले २५ बलमा ३ चौका प्रहार गरे । नेपालका बिक्रम शोब, तिलक राज भण्डारी र मञ्जित श्रेष्ठले समान २ विकेट लिए । शेर मल्लको नाममा १ विकेट रह्यो ।

त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा माल्दिभ्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ३ विकेट गुमाउँदै २ सय १६ रनको योगफल तयार पारेको थियो।

कप्तान तथा ओपनर शरद भेषावकरले ४२ बलमा ४ चौका र ८ छक्कासहित ८४ रनमा एलबीडब्लु आउट भए। शरदले २२ बलमा अर्धशतक पुरा गरे। प्रदीप ऐरीले ३६ बलमा ४ चौका र ६ छक्का ६९ रनमा क्याच आउट भए। दोस्रो विकेटका लागि प्रदीप ऐरी र शरदले १ सय २ रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै नेपाललाई विशाल योगफल सम्म पु¥याए। अमित श्रेष्ठ २५ रनमा अविजित रहे।

माल्दिभ्सका लिम सफिकले ३ विकेट लिए। पहिलो अभ्यास खेलमा नेपाल ‘ए’ ४९ विजयी भएको थियो। तेस्रो अभ्यास खेल शनिबार हुनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
२०८३ बैसाख १८, शुक्रबार
वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व
२०८३ बैसाख १८, शुक्रबार
आज शुक्रबार, कस्तो छ तपाँइको राशिफल ? हेर्नुहोस्
२०८३ बैसाख १८, शुक्रबार
अमेरिकी विशेष दूत सेर्गियो गोर काठमाडौंमा
२०८३ बैसाख १७, बिहिबार
पेट्रोलको मूल्य घट्यो, ग्यासको मूल्य १५० रुपियाँले बृद्धि
२०८३ बैसाख १७, बिहिबार
कांग्रेस नेता कोइरालाद्वारा बागमती प्रदेशका नेतासँग छलफल
२०८३ बैसाख १७, बिहिबार
बुद्धको मार्गले दिगो शान्ति र समृद्धिको आधार बनाउँछ : राष्ट्रपति
२०८३ बैसाख १७, बिहिबार