असार २४, २०८२ मंगलबार July 8, 2025

रोकिएका परीक्षाहरु श्रावण ५ गते देखि वैकल्पिक माध्यमबाट सञ्चालन हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सुदूरपश्चिम विश्वविद्यालयले विगतमा रोकिएका स्नातक तह तेस्रो,चौथो र छैठौं सेमेष्टरका परीक्षाहरु श्रावण ५ गते देखि वैकल्पिक माध्यमबाट सञ्चालन गर्ने भएको छ ।

विश्वविद्यालयको कार्यकारी परिषद्को वैठकले स्नातक तथा स्नातकोत्तर तहको पठन पाठन र स्थगित परक्षिाका वैकल्पिक माध्यमबाट सञ्चालन गर्ने निर्णय गरेको हो ।

त्यसैगरी स्नातक तह दोस्रो,चौथो र छैठौं सत्रका विद्यार्थीहरुलाई तेस्रो ,पाँचौं र सातौं सेमेष्टरका कक्षाहरुमा राखि जेठ ५ गते देखि सञ्चालन भइसकेका कृषि विज्ञान संकायका कार्यक्रम बाहेकको पठनपाठन जेठ २५ गते देखि सञ्चालन गर्ने निर्णय गरेको छ ।

स्नातकोत्तर तहको हकमा दास्रो सेमेष्टरका विद्यार्थीलाई तेस्रो सेमेष्टरमा राखि २५ गतेदेखि कक्षा सञ्चालन गर्ने तथा दोस्रो र चौथो सेमेष्टरका परक्षिा श्रावण २४ गतेदेखि वैकल्पिक विधिबाट सञ्चालन गर्ने भएको छ ।

यदि कोभिड-१९ को प्रकोप न्युन भई भौतिक रुपमै कक्षा सञ्चालन हुनसक्ने अवस्था भएमा र नेपाल सरकारले भौतिक रुपमै कक्षा सञ्चालनको निर्णय गरेमा हाल वैकल्पिक माध्यमबाट सञ्चालन भइरहेका कक्षा र परीक्षाहरु भौतिक रुपमै सञ्चालन गर्ने जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार