मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

संवैधानिक इजलास गठनको विषयलाई लिएर सरकारी पक्षको आपत्ति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सुनुवाइका लागि आइतबार गठित संवैधानिक इजलास गठनको विषयलाई लिएर सरकारी पक्षले आपत्ति जनाएको छ।

महान्यायाधिवक्ता रमेश बडालले यसअघि गठन भएको इजलासमा रहेका न्यायाधीशहरूलाई किन हटाइएको भन्दै कडा आपत्ति जनाएका हुन्। उनले न्याय दुवै पक्षलाई समान हुनुपर्ने भन्दै इजलासले प्रश्न उठेपछि त्यसबारेमा ध्यान दिनुपर्ने बताए।

‘पूर्वाग्रहको आशंका भए पुग्छ भनेर आनन्दमोहन श्रीमानले नै लेख्नुभएको छ। हामीलाई यो इजलासमा आशंका छ,’ उनले भने,‘विष्णुको आसनमा प्रश्न लिएर उभिएपछि भगवानले पनि विचार गर्नुपर्छ।’

अधिवक्ताहरू राजाराम घिमिरे, कृष्णप्रसाद भण्डारी, दीपक मिश्र र यज्ञमणि न्यौपानेले संवैधानिक इजलासको रोस्टरमा रहेका ११ जना न्यायाधीशहरूले अहिलेको मुद्दा सुनुवाइ गर्न नमिल्ने भन्दै निवेदन दिएका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया