मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

प्रधानन्यायाधीश जबरा एक्कासी बिरामीः संवैधानिक इजलास बुधबारसम्म स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६(५) बमोजिमको सरकार गठनको माग गर्दै परेको रिटमाथि सुनुवाई गर्न गठित संवैधानिक इजलास स्थगित भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बिरामी परेका कारण आज संवैधानिक इजलास नबस्ने जानकारी सर्वोच्च अदालत प्रशासनलाई दिएका थिए । उनी बिरामी परिेपछि कर्मचारीले इजलासमा रहेका अन्य न्यायाधीशलाई आज इजलास नबस्ने सूचना दिएको संवैधानिक इजलासमा रहेका एक न्यायाधीशले जानकारी दिए ।

संवैधानिक इजलासको अर्को पेसी बुधबार तोकिएको छ ।

आइतबार प्रधानन्यायाधीश जबराले आफूसहित न्यायाधीशहरु दीपन कुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलास गठन गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया