काठमाण्डौंः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री पदमा निरन्तरताका लागि मंगलबार प्रदेशसभामा भएको मदतानमा उनले विश्वासको मत प्राप्त गर्न सफल भएका हुन् । यो सँगै उनको पद जोगिएको छ।
मंगलबार विश्वासको मतको लागी भएको मतदानमा मुख्यमन्त्री भट्टको पक्षमा ३० मत खसेको थियो । त्यसैगरी विपक्षमा मत दिनेमा जसपाका २ र एमाले ओली समुहका ७ जना सांसद रहेका छन् । भट्टको पक्षमा नेकपा माओवादी केन्द्र र एमाले माधव समूहको जम्मै भोट खसेको थियो ।
कांग्रेसले भने ‘नो भोट’को नीति लिने तर मुख्यमन्त्रीलाई विश्वासको मत कम हुने भएमा पक्षमा मतदान गर्ने निर्णय गरेका थियो । यस्तै जनता समाजवादी पार्टी (जसपा)ले मुख्यमन्त्री भट्टलाई विश्वासको मत नदिने निर्णय गरेको थियो ।
बैठकमा ५१ जना सांसद उपस्थित भएका थिए । उनीहरूमध्ये कांग्रेसका १२ जना सांसद भने मतदानमा सहभागी नभएको सभामुख अर्जुनबहादुर थापाले जानकारी दिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया