असोज १४, २०८३ बुधबार September 30, 2026

तार विना चार्ज गर्न मिल्ने आइप्याड बजारमा आउँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः विश्वकै अग्रणी सूचना प्रविधि कम्पनी एप्पलले तार विना चार्ज गर्न मिल्ने आइप्याड चाडै नै बजारमा ल्याउने जनाएको छ ।

अहिले नयाँ विषेशता सहितको आइप्याड परीक्षणकै क्रममा रहेकाले अर्को बर्षसम्ममा बजारमा आउने कम्पनीले जनाएको छ । तार विना चार्ज हुने ट्यावलेट प्लग लगाएर चार्ज गर्ने ट्यावलेटभन्दा बढी टिकाउ हुनेपनि कम्पनीका अधिकारीहरुले जनाएका छन् ।

चार्जर विना चार्ज गर्न मिल्ने आइप्याडमा अन्य नयाँ विषेशताहरु पनि थप्ने तयारी भइरहेको उनीहरुको भनाइ छ । विना तार चार्ज गर्न मिल्ले डिभाइस एप्पलकै अन्य डिभाइज चार्ज गर्न पनि मिल्ने बताइएको छ । एउटै डिभाइसले आइप्याड वा आइफोनलाई पनि चार्ज गर्न मिल्ने उनीहरुले दावी गरेका छन् ।

तार विना पनि चार्ज गर्न मिल्ने भएपछि त्यसको प्रयोग धेरै सजिलो हुने र लोकप्रिय पनि हुने देखिएको छ ।

प्लगबाट चार्ज गर्नुपर्ने मोवाइलहरु चार्जका लागि विद्युतको लाइन भएकै ठाउँमा राख्नु पर्ने बाध्यताले भएका कतिपय कठिनाइ अब हट्ने भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आज बुधबार : कुन राशिका लागि कति शुभ ? हेर्नुहोस् राशिफल
२०८३ असोज १४, बुधबार
बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ
२०८३ असोज १४, बुधबार
प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग
२०८३ असोज १३, मंगलबार
इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे ट्रम्प आर्थिक प्रतिबन्ध फुकुवा गर्न तयारः अमेरिकी अधिकारी
२०८३ असोज १३, मंगलबार
दीपक मनाङ्गे देउवा कांग्रेस प्रवेश, मनाङमा महाधिवेशन गर्ने जिम्मा
२०८३ असोज १३, मंगलबार
रुस-युक्रेन युद्ध अन्त्य गर्न पोप लियोको आग्रह
२०८३ असोज १३, मंगलबार
राष्ट्रपति पौडेलसमक्ष भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
२०८३ असोज १३, मंगलबार