वैशाख १६, २०८१ आइतबार April 28, 2024

सागमा नेपालले जित्यो ६ स्वर्ण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । १३ औं साग खेलकुदमा नेपालले हालसम्म ६ वटा स्वर्ण पदक जित्न सफल भएको छ। हालसम्म कराँतेबाट ३ विधामा नेपालले स्वर्ण पदक हातपार्दा, तेक्वान्दोबाट दुई तथा ट्राइथ्लोनमा एक स्वर्ण जितेको छ।

नेपाललाई पहिलो स्वर्ण व्यक्तिगत कराँते काता विधाबाट मन्डेकाजी श्रेष्ठले दिलाएका थिए। यस्तै मन्डेकाजी श्रेष्ठकै टोलीले सिनियर पुरुष कराँते कातामा अर्को स्वर्ण हातपार्दा नेपाली महिला कराँते टोलीले पनि कातामै स्वर्ण जिते।

मन्डेकाजीले देशलाई दुई विधाबाट दोहोरो स्वर्ण दिलाएकोमा आफू निकै खुशी भएको नेपालबरसँग बताए। १२ औं सागमा कराँते खेल समावेश नहुँदा उनले उक्त खेलमा सहभागी हुने मौका पाएका थिएनन्। इखकै कारण आफूले स्वर्ण जित्ने लक्ष राखेकाले यो सम्भव भएको उनी बताउँछन्।

यसैगरी तेक्वान्दोमा व्यक्तिगत पुम्सेतर्फ कमल श्रेष्ठले स्वर्ण हात पार्दा सिना मादेन लिम्बुले तेक्वान्दो पुम्से विधामै अर्को स्वर्ण हात पारिन्। उनले १७ वर्षभन्दामाथि २३ वर्षभन्दा कम उमेर समूहमा यस उपलब्धि हात पारेकी हुन्।

यस्तै ट्राइथ्लनमा सोनिका गुरुङले स्वर्ण जितेकी थिइन्।

सागका खेलहरु जारी छन्। खेल जनकपुर, पोखरा र काठमाडौंमा मंसिर २४ गतेसम्म चल्नेछ।

नेपालले यसपटक ५० स्वर्ण जित्ने लक्ष्य बनाएको छ। १२ औं सागमा नेपालले मात्र ३ स्वर्ण जितेको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रिय महिला भलिबल प्रतियोगिता : एपीएफ छैटौंपटक च्याम्पियन
२०८१ वैशाख १६, आइतबार
सुर्य भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् आजको दैनिक राशिफल
२०८१ वैशाख १६, आइतबार
एक सय ५१ परियोजना प्रस्तुतीका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै
२०८१ वैशाख १६, आइतबार
‘फर्की फर्की’को शिर्ष गीतमा अनमोल र जसिताको रोमान्स (भिडियो सहित)
२०८१ वैशाख १६, आइतबार
आइपिएल : मुम्बई इण्डियन्समाथि दिल्लीको रोमाञ्चक जित
२०८१ वैशाख १६, आइतबार
कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता
२०८१ वैशाख १५, शनिबार
उपनिर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएकामा सभापति देउवाले दिए धन्यवाद
२०८१ वैशाख १५, शनिबार