काठमाडौंः पूर्वाञ्चल विश्वविद्यालय परीक्षा व्यावस्थापन कार्यलयले २०७७ मा सञ्चालन भएका वर्षिक तथा सेमेस्टर परीक्षा प्रणालि अन्तर्गतका परीक्षार्थीहरुको आन्तरिक मुल्यांकनको हार्डकपि पठाउन आग्रह गरको छ ।
वर्षिक तथा सेमेस्टर परीक्षा प्रणालि अन्तर्गतका सञ्चालन भएका शैक्षिक कार्यक्रम अन्र्तगतका नियमित परक्षिार्थीहरुको आन्तरिक मुल्यांकनको अनलाइन प्रणालीबाट इन्ट्रि गरी हार्डकपि साउन ३ गते भित्र अनिवार्य पठाउन सम्पुर्ण क्याम्पस-कलेजलाई जानकारी गराएको छ ।
साथै तोकिएको समय पश्चात अनलाइन आन्तरिक मुल्यांकन इन्ट्रि गर्न नसकिने र क्याम्पस/कलेजबाट परक्षिार्थीहरुको अनलाइन इन्ट्रि छुट हुन गएमा विश्वविद्यालयबाट निर्धारित गरिएको विलम्ब शुल्क बुझाए पश्चात मात्र पुनः निर्धारित समय भित्र इन्ट्रि गराउन स्वीकृत दिने जनाएको छ ।
त्यसैगरी क्याम्पस/कलेजहरुले अनलाइन आन्तरिक मुल्यांकन इन्ट्रि गर्दा प्रत्येक विद्यार्थी र विषयको मार्क इन्ट्रि गर्नुपर्ने छ । कुनै पनि विद्यार्थीको कुनै विषयको मार्क इन्ट्रि गर्न छुट भएको खण्डमा इन्ट्रनल मार्क “NQ” कायम गरिने छ । इन्ट्रि गरिसकिएको मार्कस सच्याउनु परेमा सेन्ट टु पियु गर्नुपूर्व सच्याउन सकिने छ । तर सेन्ट टु पियु परिसके पछि मार्क सच्याउनु नसकिने जनाएको छ । खबर एजुकेशन
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया