असार २४, २०८२ मंगलबार July 8, 2025

शुरु शैक्षिक सत्रका लागि भर्ना अभियानमा लाग्न विद्यालयलाई केन्द्रको निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः शिक्षा तथा मानव स्रोत विकास केन्द्रले यही असार १ गते देखि शुरु भएको शैक्षिक सत्रको भर्नाका लागि सम्पुर्ण विद्यार्थी तथा अभिभावहरुलाई सूचना प्रबह गरी सम्पर्क गर्न सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई निर्देशन दिएको छ ।

विद्यालयहरुले आ आफ्नो सेवा क्षेत्र भित्रका अभिभावकहरुलाई टेलिफोन,इन्टरनेट, एफ.एम रेडियो ,टेलिभिजन तथा सामाजिक सञ्जाल समेतका माध्यमबाट सूचना प्रवह गरी विद्यालय उमेर समुहका सम्पूर्ण बालबालिकाहरुलाई विद्यालय भर्नाको व्यावस्था मिलाउन भनिएको हो ।

विद्यार्थी भर्ना कार्यक्रम सञ्चालन गर्दा सम्बन्धित स्थानीय तह तथा प्रशासनसँग आवश्यक समन्वय तथा स्वास्थ्यका मापदण्ड पालना गरेर सञ्चालन गर्न भनिएको छ । साथै भर्ना अभियानको पहिलो चरण असार १५ गते सम्म सञ्चालन गर्ने र दोस्रो चरणका लागि विभिन्न सञ्चार माध्यमको अवलम्बन गरी असार मसान्तसम्म विद्यालय उमेर समुहका सबै बालबालिकालाई भर्नाको व्यावस्था गर्न केन्द्रले सूचना जारी गरेको छ ।

विद्यार्थीको भर्नाको अभिलेखिकरणका लागि सुचना प्रविधि लगायतका वैकल्पिक उपाय अपनाई भर्ना गर्ने त्यसका लागि अनलाइन भर्ना,फोन इन भर्ना समेतका विधि अवलम्बन गर्नपर्ने छ । साथै भर्नाको समयमा अभिभावकको सम्पर्क नम्बर,इमेल,ठेगना लगायतका विवरण पनि संकलन गर्नु पर्ने र वैकल्पिक सिकाइका लागि कुन माध्यममा विद्यार्थीको पहुँच छ सो पहिचान गरी अभिलेखिकरण राख्नु पर्ने छ ।

भर्ना भएका विद्यार्थीहरुका लागि निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराई वैकल्पिक माध्यमबाट पठनपाठन शुरु गर्ने र भर्ना भएका विद्यार्थीको पूर्ण विवरण सहितको अभिलेख राखि भर्नाकार्यक्रम सम्पन्न पछि IEMIS मा अद्यावधिक गर्नु पर्ने छ ।

त्यसै गरी सबै स्थानीय तह र ७७ वटै शिक्षा विकास तथा समन्वय इकाईहरुले आ आफ्नो सेवा क्षेत्र भित्र भर्ना कार्यक्रमका लागि आवश्यक समन्वय र सहजिकरण गरिदिन समेत निर्देशन दिएको छ । खबर एजुकेशन

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार