काठमाडौंः गायक प्रवीण बेडवालको स्वरको नयाँ गीत ‘तिम्रो मुहारमा…’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
प्रेम र समर्पणलाई चित्रण गरिएको उक्त गीतका शब्दहरु प्रमोद भट्टराई प्रतीकले रचना गरेका छन् भने यो गीत कृति न्यौपानेद्वारा संगीतबद्ध छ । गीतको म्युजिक भिडियोमा अभिनेता श्रीदेव भट्टराई तथा मोडल नग्मा श्रेष्ठले अभिनय गरेका छन् ।
ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको यस गीतको भिडियोमा अजय रेग्मीको छायांकन तथा टेकेन्द्र शाहको सम्पादन रहेको छ ।
प्रमोद भट्टराई प्रतीकद्वारा निर्माण भएको यस गीतको भिडियोलाई हेमप्रभास अधिकारीले निर्देशन गरेका हुन् । -कलाकर्मी
भिडियोमा हेर्नुहोसः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया