काठमाडौंः खुद पुल दरबन्दी कट्टा गर्नका लागि केहि स्थानीय तहहरुले हालसम्म पनि रिक्त दरबन्दी कट्टा गर्ने शिक्षकहरुको नामावली नपठाएको भन्दै शिक्षा तथा मानव स्रोत विकास केन्द्रले स्थानीय तहहरुलाई परीपत्र जारी गरेको छ ।
कतिपय स्थानीय तहले हालसम्म पनि रिक्त दरबन्दी कट्टा गर्ने प्रायोजनका लागि केन्द्रमा पठाउनु पर्नेमा नपठाई दरबन्दी त्यत्तिकै राखेको भन्दै परीपत्र जारी गरेको हो ।
त्यत्तिकै दरबन्दी राखेको सन्दर्भमा असार ३ गतेसम्म रिक्त दरबन्दी पठाउने स्थानीय तहहरुले असार मसान्तसम्म रिक्त हुने खुदपुल दरबन्दीको विवरण पठाउन भनिएको छ ।
केन्द्रका शाखा अधिकृत भुवनेश्वर जोशीले हालसम्म कुनै पनि खुदपुल दरबन्दी कट्टा नगरेका स्थानीय तहहरुले असार मसान्त सम्मको असार १० गते भित्र पठाउन समयसीमा तोकेको छ ।
उक्त समयमा कट्टागर्नु पर्ने रिक्त दबन्दी नपठाई दरबन्दी मिलानको कार्यमा सहयोग नगर्ने स्थानीय तहहरुको खुदपुल दरबन्दीका शिक्षकहरुको तलब भत्ता लगायतको सेवा सुविधा निकासा नगरिने जनाकारी दिनु भएको छ । खबर एजुेकशन
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया