असार ३०, २०८३ मंगलबार July 14, 2026

कराँतेमा नेपाललाई १० स्वर्ण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को करातेमा नेपालले १० स्वर्ण जितेको छ । कूल १९ स्वर्णमध्ये नेपालले सर्वाधिक १० स्वर्ण जितेको हो ।

सन् १९९९ मा नेपालमै भएको आठौंबाट कराते खेल सागमा समावेश भएको हो । त्यतिबेला नेपालले १४ स्वर्ण जितेको थियो । त्यसपछिका संस्करणमा खासै राम्रो गर्न सकेन । १२ औं मा कराते समावेश नै भएन । यस पटक नेपालमै भएको सागमा आठौं सागको स्वर्णीय इतिहास दोहोर्‍याउने लक्ष्य बनाएको थियो ।

प्रतिपर्धाको पहिलो दिन ९ मध्ये ७ स्वर्ण जित्दै शानदार शुरुवात गरेको नेपालले दोस्रो दिन २ स्वर्ण थपेको थियो ।

तेस्रो दिन बुधबार एक स्वर्ण जितेको छ । अनुपमा मगरले ६८ केजीमाथि स्वर्ण जितेकी हुन् ।

कूल १९ मध्ये १० स्वर्ण नेपालले जिते पनि मुख्य प्रशिक्षक मदन उप्रेती खुसी देखिएका छैनन् । केही जित्नैपर्ने इभेन्टमा नेपाली खेलाडी चुकेको उनले बताए ।

बुधबार नेपालका सोनाम लामा पुरुष ५० केजीमुनि कास्यमा सिमित भए । उनीबाट पनि स्वर्णको आशा गरिएको थियो । यस्तै महिला टिम कुमुतेमा पनि राम्रो प्रदर्शन भएन । स्वर्ण आश गरेको यसमा नेपालले कास्यमा चित्त बुझाएको छ ।

‘आज सोचेजस्तो प्रदर्शन भएन । टिम फाइटमा आशा थियो, तर केटीहरुले खेल्न सकेनन्’, मुख्य प्रशिक्षक मदन उप्रेतीले भने, ‘टिममा जित्नुको शान नै अर्कै हुन्छ ।’

मंगलबार राजकुमार पुडासैनीले पनि स्वर्ण जित्न सकेनन् । दिवस श्रेष्ठ पनि दुर्भाग्यवश फाइनलमा हारे । ‘अपेक्षा गरेकाहरुबाट स्वर्ण आएको भए नेपालले आठौं साग नै जित्ने रहेछौं’ मुख्य सहायक प्रशिक्षक दीपक श्रेष्ठले भने ।

यद्यपि आठौंको इतिहास नभेटे पनि समग्रमा नेपालको प्रदर्शनलाई राम्रो मानिएको छ । १३ औं सागको करोतको पुरुष टिम कुमुतेको अन्तिम स्पर्धाअघि नेपालले १० स्वर्ण जितेको छ भने ४ रजत र ४ कास्य पदक पनि हात पारेको छ ।

पहिलो दिन

७ स्वर्ण

एकल काता – मण्डेकाजी श्रेष्ठ

टिम काता – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर

टिम काता, महिला – निर्मला तामाङ, संगिता मगर, सरु कार्की

कराँते, ५५ केजी – लक्ष्मण तामाङ

कराँते, ८४ केजीमाथि – विप्लवलाल श्रेष्ठ

कराँते, ४५ केजीमुनि – कुसुम खड्का

कराँते, ५० केजीमुनि – अनु अधिकारी

रजत २

एकल काता, महिला – चन्चला दनुवार

कराँते, ८४ केजीमुनि – दिवस श्रेष्ठ

दोस्रो दिन

२ स्वर्ण

पुरुष, ६७ केजी – नविन रसाइली

महिला, ६८ केजी – सुनिता महर्जन

२ रजत

पुरुष ७५ केजीमुनि – गंगाराम कुश्वार

महिला ६१ केजीमुनि – मअनु गुरुङ

कास्य

महिला ५५ केजीमुनि – मनिषा चौधरी

पुरुष ६० केजीमुनि – राजिव पुडासैनी

तेस्रो दिन

१ स्वर्ण

महिला ६८ केजीमाथि – अनुपमा मगर

२ कास्य

पुरुष ५० केजीमुनि– सोनाम लामा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने
२०८३ असार ३०, मंगलबार
पुर्व विश्वकप बिजेताले नै जित्नेछन् यो विश्वकप, यस्ता बने अहिलेसम्मका रेकर्ड
२०८३ असार ३०, मंगलबार
नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो
२०८३ असार ३०, मंगलबार
डा. रुद्रनाथ अधिकारीको अर्को सशक्त सृजना ‘या लिएर आउ’को भिडियो रिलिज
२०८३ असार ३०, मंगलबार
सरकारी विज्ञापन वितरणसम्बन्धी एकद्वार नीति सर्वोच्च अदालतबाट बदर
२०८३ असार ३०, मंगलबार
राष्ट्रिय सेवा दलको दायरा विस्तार, वार्षिक ११ हजार ५०० युवालाई तालिम दिने लक्ष्य
२०८३ असार ३०, मंगलबार
प्रतिनिधिसभाको शून्य समय: समसामयिक विषयमा ध्यानाकर्षण
२०८३ असार ३०, मंगलबार