काठमाडौंः रामजी पौडेलको शब्द लयमा गायीका तुलसी क्षेत्री र कमल कालिकोटेको मनको माया सार्वजनिक भएको छ । जिसी इन्टरटेन्मेन्ट नेपालको युट्यूब च्यानलबाट गीत सार्वजनिक गरिएको हो ।
गीतमा गायीका तुलसी क्षेत्रीकै अभिनय रहेको छ भने उनलाई जयरामप्रताप केसीले साथ दिएका छन् ।
पोखराको बिभिन्न ठाउँमा छायंकन गरिएको म्यूजिक भिडियोलाई होम गुरुङले निर्देशन गरेका हुन् भने गणेश सापकोटाको छायंकन र सुबास अँगाईको सम्पादन गितमा देख्न सकिन्छ ।
पछिल्लो समयकी चर्चित युवा गायीका तुलसी क्षेत्रीका यस अघिका पनि थुप्रै गीतहरु चर्चामा छन् ।
पोखरामा रहेर संगीत क्षेत्रलाई अगाडी बढाएकी उनको अब छटै इन्द्र जिसी र पार्वती जिसीसंगको सहकार्यको गीत बजारमा आउँदै छ ।
यस मनको माया दिउँला भनेको गीतलाई हेरेर सल्लाह सुझाब दिन गायीका तुलसी क्षेत्रीले सबैलाई आग्रह गरेकी छन् ।
भिडियोमा हेर्नुहोसः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया