काठमाडौंः त्रिभुवन विश्वविद्यालयले कोभिड -१९ महामारीका कारण स्थगित भएका परीक्षाहरू साउनभित्रै सकाउने तयारी थालेको छ । निषेधाज्ञ सहज हुर्दै गए पछि एक दुई दिनभित्र सूचना जारी गर्न लागिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
सुरुमा चल्दाचल्दै रोकिएका परीक्षाहरू सञ्चालन हुने र त्यसलगत्तै स्नातक प्रथम वर्षको परीक्षा हुने परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभएको छ । यसका लागि दुई दिनभित्र सूचना जारी गर्न लागेका छौं जोशीले बताउनु भयो ।
त्यसैगरी बैशाखमा तालिका सार्वजनिक गरिसकिएको एलएलबी र नियमित तर्फको स्नातकको चौँथो र पाँचौ वर्षको परीक्षा दसैँअघि नै सकाउने तयारीमा रहेको परीक्षा नियन्त्रण कार्यालय जनाएको छ ।
यसका लागि त्रिविले विद्यार्थीहरुको सहजताका लागि अनलाइनबाटै फाराम भर्न मिल्ने व्यवस्था गरिएको छ । साथै कोभिड-१९ मामारीको अवस्था र बाढी पहिरोको अवस्थालाई हेरेर विद्यार्थीले केन्द्र छान्न पाउने व्यावस्था भएको छ ।
सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा गराउनु पर्ने भएका कारण परीक्षा केन्द्र थप गरिने तथा प्रश्नपत्र कसरी पठाउने भन्नेबारे छलफल भइरहेको जोशीले जानकारी दिनु भयो । खबर एजुकेशन
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया