असार २३, २०८२ सोमबार July 7, 2025

नेपाली काँग्रेसमा सबै समूह मिलेर अहिले सहमतिको अधिवेशन गर्नुपर्छ । – बल बहादुर केसी (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काँग्रेसभित्र सभापति को बन्ने भन्ने विषयमा होडबाजी चलिरहेको छ, तपाईँको समूहले शेरबहादुर देउवालाई समर्थन गर्छ कि आँफै उम्मेद्धवारी दिनुहुन्छ ?

होईन, अब नेपाली काँग्रेसको अधिवेशन पार्टीलाई बचाउनका निम्ति अब अधिवेशनको टुँगो भएको छ । अधिवेशन हुन्छ । हामी भर्खरै यो निर्णयमा पुगेका छौँ । अब नेपाली काँग्रेसभित्रको जुन किसिमको राजनीतिक समिकरण छ, त्यसलाई कसरी टुङगोमा पुगाउने भन्ने कुराको आजै निश्चित् भईसकेको छैन । किनभने अधिवेशन कस्तो अवस्थामा भईराखेको छ भने एकातिर कोरोना संक्रमणले राष्ट्र ग्रस्त छ । एकातिर बाढी÷पहिरो गएको अवस्था छ । अर्कोतिर राष्ट्रिय राजनीति अत्यन्त संकटमा छ । यो परिस्थितिमा नेपाली कांग्रेसको अधिवेशन हुँदैछ । यो अधिवेशन र हाम्रो एउटा अर्को जिम्मेवारी पनि छ–नेपाली काँग्रेसलाई एकताबद्ध र एक बनाएर हाउसलाई अर्डरमा राखेर राष्ट्रिय राजनीतिको नेतृत्व दिनुपर्ने परिस्थितिमा अहिले भर्खर निर्णय भएको छ ।

पार्टी सभापति देउवाले त फेरि पनि आँफै सभापति बन्छु, उम्मेद्धवारी दिन्छु भन्नुभएको छ नि ? अब तपाईँहरु के गर्नुहुन्छ ? उहाँलाई सहयोग गर्ने कि तपाईँहरुको तर्फबाट पनि उम्मेद्धवारी दिनुहुन्छ ? के छ तयारी ?

शेरबहादुरजीले त सभापतिमा उठ्छु भनेर भन्ने अधिकारप्राप्त व्यक्ति नै हो । किनभने उहाँ अहिलेपनि सभापति हुनुहुन्छ । सभापतिले नै म फेरि दोहोर्याएर सभापति बन्छु भनेको नै ठिक हो । नेपाली काँग्रेसको विधानले यसमा कुनै बन्देज लगाएको छैन । त्यसकारणले उहाँले भन्नु स्वभाविक हो । तर, उहाँले एकपटक सम्पुर्ण कार्यसमिति सदस्यलाई बैठकमा नै यसलाई कसरि अगाडि लाने भनेर भन्नुभएको भए राम्रो हुन्थ्यो । हाम्रो परम्परा पनि के छ भने–कृष्णप्रसाद भट्टराईको पालामा केन्द्रीय कार्यसमितिलाई उहाँले कसरी अगाडि बढाउनुहुन्थ्यो भने केन्द्रीय कार्यसमितिको तर्फबाट पार्टीको आधिकारिक उम्मेद्धवारीको घोषणा गर्ने चलन पनि थियो । उहाँ हतारिनुभयो । अझ अहिलेको परिस्थितिमा सबैलाई राखेर, नेताहरुलाई राखेर अब कसरी नेपाली काँग्रेसलाई प्रभावकारी रूपमा लिएर जानुपर्ने अहिलेको आवश्यकतामा अहिले टुँगोमा पुग्नुपर्ने उहाँ हतारिनुभयो । त्यसैले नेपाली काँग्रेसलाई सिंगो काँग्रेस बनाउने भन्दापनि आफ्नो टिमलाई मात्रै बोलाएर जुन किसिमको भेला गर्नुभयो, त्यो ठिक गर्नुभएन भन्ने सोच हो मेरो ।

उहाँले त सर्वसम्मत रूपमा मलाई सभापति बनाउ भन्नुभएको छ नि ? तपाईँहरु उहाँलाई सभापति बनाउने कि नबनाउने ?

उहाँले त मान्छे आफ्नो टिमका बोलाउने आफूसंग नजिक भएकालाई बोलाउने गर्नुभयो, मुख्य कुरा सर्वसम्मती त उहाँको टिमको हुनुपर्यो नि त । बास्तविकता नेपाली काँग्रेस त अहिले त एक छैन नि त । पार्टीभित्र त विभिन्न समूह छन् । यो बास्तविकतालाई त सबैले स्वीकार्नु गर्नुपर्यो नि त ।

होईन, यो बास्तविकतालाई तपाँईँहरुले स्वीकार्ने कि नस्वीकार्ने तपाईँ बताउनुहोस् न ? तपाईँ शेरबहादुर देउवालाई सभापतिमा फेरि स्वीर्कान तयार हुनुहुन्छ त ?

होईन, अहिले त्यो स्थिति आईसकेको छैन । अधिवेशनको निर्णय हामीले गर्यौं । अब अन्य कुरा पार्टीभित्र छलफल हुनुपर्छ । उहाँले एकलौटी मान्छेलाई बोलाएर म उठ्छु भन्नेसम्म ईच्छा जाहेर गर्नुभएको छ । अब त्यो विधि र पद्धतिबाट एकलौटी घोषणा गरेको कुरालाई अहिले हामी छलफलकै क्रममा छौँ ।

त्यसोभए तपाईँहरू छलफलकै क्रममा हुनुहुन्छ, यसपटक शेरबहादुर देउवालाई तपाईँहरुको सहयोग र समर्थन रहन सक्छ ?

होईन, यो तपाईँको भनाई होला । हाम्रो त अहिले खासगरी हामी त्यो ठाँउमा पुगिसकेकै छैनौँ । अब हाम्रो कुरा के हो भने काँग्रेसलाई एक गराउनुपर्छ । शेरबहादुर होस् रामचन्द्र हुन, अहिले हाम्रो प्रयास के छ भने सकेसम्म पार्टीलाई एक गराएर लानुपर्ने अहिलेको आवश्यकत्ता छ । अहिलेको अवस्थामा लोकतन्त्रमाथि खतरा छ, संविधानमाथि अहिलेको वर्तमान सरकारले जसरी हस्तक्षेप गरिरहेको छ । संसद् पटक–पटक विघटन भएको छ । यो परिस्थितिमा यत्ति हतार गरेर शेरबहादुरजीले गरेका काम अलिकति ठिक होईन भन्छु म ।

सबै जनालाई बोलाएर बैठक गरेको भए हुन्थ्यो, तर हिजोको निर्णय तपाइँलाई चित्त बुझेन उसो भए ?

शेरबहादुरजी हुनुहुन्थ्यो वा कुनै बहादुर या प्रसाद हुन्थ्यो त्यो अलग विषय हो । किनभने पहिलो सभापतिको नाताले अब हामीले अधिवेशन गर्ने डेट टुङगो गयौँ । साथीहरु बसौँ । अब काँग्रेसलाई कसरी एक गराएर जाने र जानुपर्छ मलाई तपाँईँले सहयोग गरेपनि वा अरु कसैलाई मैले सहयोग गरेपनि एक गराएर लिएर जानुपर्छ भन्ने सभापतिको हैसियतले पहिलो काम त उहाँको हो नि, तर उहाँ चुक्नुभयो । अहिले हाम्रो असहमति नै के छ भनेदेखि सिंगो काँग्रेसको सभापति हुन सक्नुभएन । एउटा सानु गुटको सभापति भएर आज नेपाली काँग्रेस यो ठाउँमा आईपुग्यो । त्यसकारणले यसको जिम्मा शेरबहादुरजीले लिनुपर्छ । नत्रभने अहिले अलिकति होमवर्क गरेर अनि अलिकति हतार नगरेर अहिले राष्ट्रिय राजनीतिमा जुन खालको संकट देखिएको छ, त्यसलाई नेपाली काँग्रेसले नेतृत्व गर्नुपर्छ । यो संकटबाट पार गर्नुपर्ने काम नेपाली काँग्रेसले गर्नुपर्नेमा अहिले केही आफ्ना गुटका मान्छे लिएर उहाँले जुन आफ्नो ईच्छा जाहेर गर्नुभयो, त्यो काँग्रेसको सभापतिको नाताले र स्वयम शेरबहादुरजीलाई पनि अलिकति अहिलेको पाको राजनेताको रुपमा ठान्न गाह«ो भयो ।

विमलेन्द्र निधिले त भन्नुभएको छ नि–म सभापतिमा उम्मेद्धवार बन्छु, मलाई सघाउनुहोस्, तपाईँको प्रतिक्रिया के छ ?

अहिले धरातलीय वास्तविकतालाई म तपाईँसमक्ष राख्दैछु । शेरबहादुरजीको टिममा नै के छ भने विमलेन्द्र निधिजी सार्वजनिक रुपमा नै सभापति उठ्ने ईच्छा जाहेर गर्नुभयो । अरुले पनि अब गर्लान्, त्यो हक अरु सबैलाई छ । महाअधिवेशन प्रतिनिधि भईसकेपछि । सबैलाई छ । तर त्यसलाई एकता बनाउने कुरा अघिपनि मैले भने त्यो शेरबहादुरजीको जिम्मा हो । त्यो कुरामा उहाँ चुक्नुभयो । विमलेन्द्र निधिजी पनि एउटा योग्य साथी हुनुहुन्छ । उपसभापति भएको मान्छे हो, उहाँ । अब सभापतिमा उठ्छु भन्नु उहाँलाई पनि त्यो अधिकार छ । तर शेरबहादुरजीनै चुक्नुभयो भन्ने मेरो मूल कुरा हो ।

तपाँईले शेरबहादुर देउवा चुक्नुभयो भनिरहँदा उहाँको पनि त अधिकार छ नि, उहाँ पनि त बन्न पाउनुहुन्छ नि फेरिपनि होईन र ?

मैले उहाँले पाउनुहुन्न भनेर कहाँ भनेर उहाँको त झन पहिलो हक नै हो । किनभने वर्तमान सभापतिले म निरन्तरता दिन्छु भने पछि त्यो विधानले पनि रोकेको छैनन् । तर, अहिलेको परिस्थितिमा नेपाली काँग्रेस जुन अवस्थामा छ, यसलाई शसक्त बनाउन एकताका साथ अगाडि राखिएका त्यो राजनीतिलाई निकास दिनका निम्ति पहिलो काम त शेरबहादुरजीको हो भन्ने मेरो भनाई हो ।

तपाँईको समूहमा पनि धेरै जना महत्वकांक्षी भएर सभापति बन्ने भनिरहेका छन् नि ? तपाईँहरुको बीचमा सर्वसहम्मत् रुपमा सभापतिको उम्मेद्धवार कोही बन्न सक्नुहुन्छ ?

नेपाली काँग्रेसमा सबै समूह मिलेर अहिले सहमतिको अधिवेशन गर्नुपर्छ ।

त्यसोभए अहिले सभापतिमा सर्वसम्मत् रूपमा चयन गर्नुपर्छ भन्ने तपाँईको प्रस्ताव हो ?

यो मेरो पहिलो प्रस्ताव हो । किनभने अहिलेको परिस्थिति के हो भने हाम्रो टिममा मात्रै होईन । सिंगो काँग्रेसले सहमति गरेर निविर्वाद रूमा अहिलेको अधिवेशनलाई लिएर जानुपर्छ । मैले अघि तीन÷चार वटा कारण भनें नि, एकातिर कोरोनाको महामारी छ । हामी डेमोक्रेट भएको हुनाले त्यो लड्ने अधिकार सबैलाई छ । सर्बसम्मत् गराउन सकिएन भने अनि कुन–कुन समुहको बीचमा कसरी सहमति हुन्छ । त्यो अब भर्खर सुरु भयो अधिवेशनको दौड, त्यसपछि केही समयभित्र त्यसले क–कस्को विचमा सहमति हुन्छ, क–कस्को विचमा हुँदैन, त्यो अब छलफल सुरु भएको छ । रिपोटर्स नेपालबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार