असार २४, २०८२ मंगलबार July 8, 2025

त्रिविका रोकिएका सबै परीक्षा यसै वर्ष

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले रोकिएका सबै परीक्षा यस वर्ष नै गर्ने भएको छ । कोरोना भाइरसका कारणले पनिकाले परीक्षाको क्यालेन्डर नै खल्बलिएपछि पनिकाले यस वर्ष रोकिएका सबै परीक्षा सम्पन्न गर्ने तयारी गरेको हो ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले गत वर्षदेखि रोकिएका सबै परीक्षा यसै वर्ष सकेर परीक्षा क्यालेन्डरलाई नियमित गराइने बताउनुभयो । “कोरोना भाइरसको तेस्रो लहर आए पनि हामी स्वास्थ्यका मापदण्ड लागू गरेर परीक्षा सञ्चालन गर्दछौँ”, उहाँले भन्नुभयो, “भरसक भौतिक उपस्थितिमा परीक्षा गर्नेछौँ, त्यो सम्भव नभए पनि अनलाइनबाट परीक्षा गरेर क्यालेन्डलरलाई पहिल्यकै अवस्थामा पुर्याउँछौँ ।”

त्रिविको गत वर्ष भदौमा हुनेपर्ने स्नातक तह पहिलो वर्षको परीक्षा कोभिड–१९ का कारणले हुन सकेको छैन । पनिकाले स्नातक दोस्रो वर्षको परीक्षा आगामी साउन ४ गते र पहिलो वर्षको परीक्षा साउनको १० गतेदेखि शुरु गर्न थालेको छ । त्यसपछि स्नातक तह कानूनको प्रथम वर्षको परीक्षा र स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा गर्ने तयारीमा पनिका रहेको छ ।

परीक्षा नियन्त्रक जोशीका अनुसार दशैँअगाडि २०७७ सालका परीक्षा सम्पन्न र दशैं पछाडि २०७८ सालका परीक्षा शुरु गर्ने तयारी छ । दशैँपछाडि स्नातक तहका चारै वर्ष र स्नातकोत्तर तहको प्रथम वर्षको परीक्षा गरिने उहाँले बताउनुभयो । दशैँअगाडि हुने परीक्षामा दुई लाख ५० हजार विद्यार्थी र दशैँपछाडिको परीक्षामा करीब छ लाख परीक्षार्थी सहभागी हुने उहाँले जानकारी दिनुभयो ।

पनिकाले विद्यार्थीलाई पायक पर्ने परीक्षा केन्द्र तोक्ने भएको छ । कोरोना भाइरसका कारण घर गएका परीक्षार्थीलाई सहज होस् भनेर पनिकाले विद्यार्थीले रोजेको परीक्षा केन्द्रमा परीक्षा दिलाउने व्यवस्था गरिएको जोशीले बताउनुभयो । योसँगै अब त्रिविको परीक्षा दिनका लागि काठमाडौँ आउने बाध्यता हटेको छ ।

“हामीले विद्यार्थीलाई परीक्षा फारामसँगै आफूलाई पायक पर्ने परीक्षा केन्द्र पनि छान्न भनेका छाँै”, उहाँले भन्नुभयो, “विद्यार्थीले जुन परीक्षा केन्द्र रोज्छन् त्यही परीक्षा केन्द्रमा गएर परीक्षा दिन पाउने छन् ।”रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार