असार २४, २०८२ मंगलबार July 8, 2025

रजिष्ट्रेशन नम्बर प्राप्त नगरी कक्षा ११ को परीक्षा सञ्चालन नगर्न बोर्डको निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यावस्थापन कार्यलय लुम्बिनि प्रदेशले तत्काल कक्षा ११ को वार्षिक परक्षिा सञ्चालन नगर्न सूचना जारी गरेको छ । लुम्बिनि प्रदेशका केहि प्लस टु सञ्चालित विद्यालयहरुले विद्यार्थीहरुको रजिष्ट्रेशन प्राप्त नगरी कक्षा ११ को परीक्षा सञ्चालन गरेको भन्दै तत्काल सञ्चालन नगर्न सूचना जारी गरेको हो ।

लुम्बिनि प्रदेश भित्रका र वुटवलका केहि विद्यालयहरुले कक्षा ११ को परीक्षा लिएको जानकारी भएपछि रजिष्ट्रेशन प्राप्त नगरी कक्षा ११ को परक्षिा सञ्चालन नगर्न सूचना जारी गरिएको कार्यलय प्रमुख रमाकान्त तिवारीले जानकरी दिनु भयो ।

बोर्डले शैक्षिक सत्र २०७७/०७८ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुको बोर्डबाट रजिष्ट्रेशन नम्बर प्रदान गर्ने कार्य अन्तिम चरणमा रहेको र रजिष्ट्रेशन नम्बर प्राप्त गरेपश्चात कार्यलयमा परीक्षाको समय तालिका पेश गर्न कक्षा ११ र १२ सञ्चालित सबै विद्यालयहरुलाई निर्देशन दिएको छ ।

नौ अंकको सिम्बोल नम्बर ( पहिलो अंक १ ,त्यसपछिको चार अंक विद्यालय कोड र अन्तिमका चार अंक क्रमशः विद्यार्थी रजिष्ट्रेशन नम्बर अनुसारको क्रममा ) कायम गरी परीक्षा सञ्चालन गर्न भनिएको छ ।

साथै स्वास्थ्य सम्बन्धि मापदण्डको पालना गर्दे राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुर द्धारा जारी भएको कक्षा ११को परीक्षा सञ्चालन, व्यावस्थापन, मूल्यांकन , नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ अनुसार कक्षा ११ को परीक्षा सञ्चालन गर्न भनिएको छ ।

त्यसैगरी परीक्षा सञ्चालन र मूल्यांकनका क्रममा प्रयोग हुने प्रश्नपत्र र उत्तरपुस्तिका पाठ्यक्रमले तोकेको विशिष्टीकरण तालिका र बोर्डले तोकेको मापदण्ड अनुसार गर्नुपर्ने छ । परीक्षा सहभागि भएका परीक्षार्थीहरुको विषयअनुसार सिलसिलेबार,हाजिरी र विषयगत उत्तरपुस्तिका बोर्डले माग गरेको अवस्थामा विद्यालयले उपलब्ध गराउने गरी कम्तिमा एक वर्षसम्म सुरक्षित राख्नुपर्ने छ । खबर एजुकेशन

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार