कार्तिक ११, २०८३ बुधबार October 28, 2026

लोक गायक गंगा बरदानको नयाँ गीत ‘धराने हावा तोङ्गबाको पानी’ सार्वजनिक (भिडियो)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः लोकप्रिय लोकगायक गंगा बरदानले आफ्नो नयाँ गीत ‘धराने हावा तोङ्गबाको पानी’ युट्युब मार्फत सार्वजनिक गरेका छन् । विभिन्न सांगीतिक कार्यक्रमहरुमा श्रोता दर्शकहरुले मनपराएको उनको यो नयाँ गीत अहिले लिरिकल भिडियोको रुपमा रिलिज गरिएको हो।

२०२५ सालमा भोजपुरको दिङ्गलामा आयोजित जिल्लाब्यापी लोकगीत प्रतियोगितामा आफ्नै संकलनमा ‘दाई त् काले भाई पनि काले’ गीत गाएर प्रथम स्थान हासिल गरेका गंगा बरदानले २०३१ सालमा धरानमा आयोजित पुर्वान्चल ब्यापी लोकगीत तथा नृत्य प्रतियोगितामा ‘छपनीले छान छान  डबकीले हान’ गीत गएर प्रथम भएका थिए भने २०३५ सालमा रेडियो नेपालमा ‘कहाँमा काट्यो बेतको लौरी’ आफ्नै शब्द, संगीत र स्वरमा रेकर्ड गरेका थिए।

२०५५ सालमा गंगा बरदान भाग-१ , २०५७ मा भाग- २ र २०६० मा भाग- ३ एल्बम बजारमा ल्याएका गायक बरदानले त्यस यता भने कुनै एल्बम तथा गीतहरु बजारमा ल्याएका छैनन्।  अहिले आएर १८ बर्षपछि उनको नयाँ गीत रिलिज भएको छ।

हाइकिङ्ग बाबाको रुपमा धरानमा परिचित तथा सेवक अभियानका अभियानकर्ता राजिब हलवाईको रचना तथा बरदानकै संगीत रहेको तथा सृजन नेपालको संगीत संयोजन तथा मिक्सिङ्ग रहेको उक्त गीतको चांडै  भिडियो समेत बनाइने भएको छ।  उमेरले ६९ टेकेका र गीत/संगीतमा लागेको ५० बर्ष काटेका  गायक बरदान आफ्ना केही पुराना गीतहरु समेत आफ्नो स्वरमा फेरि रिरेकर्ड गर्ने योजनामा छन्।

हाल आफ्नो श्रीमतीको साथ धरानमै बसोबास गर्ने गायक, रचनाकार तथा संगीतकार गंगा  बरदानका छपनीले छान, कहाँमा काट्यो बेतको लौरी, बजारै भरौन धरानै, सुपाडी कुटुक्क, माया गर्ने बानी उल्टै गर्छ हानी, जीउको मासु, अरुनै तर्यो जस्ता थुप्रै लोकप्रिय गीतहरु रहेका छन्।

भिडियोमा हेर्नुहोसः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला, शान्ति र सुरक्षा एजेन्डालाई अगाडि बढाउन प्रयास गर्न राष्ट्रसङ्घ प्रमुखको आह्वान
२०८३ कार्तिक ११, बुधबार
स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण
२०८३ कार्तिक ११, बुधबार
परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
२०८३ कार्तिक ११, बुधबार
भारत–पाकिस्तान द्वन्द्व रोक्न भूमिका खेलेको ट्रम्पको दाबी
२०८३ कार्तिक ११, बुधबार
Birgunj customs revenue surpasses monthly target
२०८३ कार्तिक ११, बुधबार
शिक्षक सेवा आयोगद्वारा छ हजार शिक्षकको बढुवा पुनरावलोकन हुँदै
२०८३ कार्तिक ११, बुधबार
दशौँ राष्ट्रिय खेलकुदका लागि जिल्लामा खेलाडी छनोट
२०८३ कार्तिक ११, बुधबार