काठमाण्डौंः नेपाल शिक्षक महासंघको चौथो चरणको कार्यक्रम अन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा आज धर्ना कार्यक्रम सम्पन्न भएको छ ।
अर्घाखाँचीका पाणिनि गाउँपालिका, शितगंगा नगरपालिका, मालारानी गाउँपालिका, छत्रदेव गाउँपालिका, सन्धिखर्क नगरपालिका र भुमिकास्थान नगरपालिकामा महासंघमा आवद्ध शिक्षकको उपस्थितिमा बिहान १० बजेदेखि १ बजेसम्म ३ घण्टा धर्ना दिइएको हो ।
शिक्षक तथा कर्मचारीलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउनुपर्ने, निजामती सरह सेवा उपलब्ध गराउनुपर्ने लगायतका माग राख्दै महासंघले चरणबद्ध कार्यक्रम गर्दै आएका छन् ।
यसअघि नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको कार्यक्रम अनुसार देशभर पहिलो दिन असार १५ गते श्रद्धाञ्जली सभा गरिएको थियो । सरकारले शिक्षक तथा कर्मचारीलाई कोभिड खोप नदिएको विषयको आलोचना गर्दै शिक्षक कर्मचारीको उपस्थितिमा दिउँसो २ बजे ५ ओटा मैनबत्ती बालेर एक मिनेट मौनधारण गरी कोभिड -१९ का कारण ज्यान गुमाएका शिक्षकको स्मरण गरिएको थियो । खबर एजुकेशन
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया