भाद्र ९, २०८३ मंगलबार August 25, 2026

कर्मचारीलाई मन्त्री अर्यालको निर्देशनः ठूला मुन्द्रा लगाउनेसँग नडराउनुहोस्, गैंडासँग नलोभिनुहोस्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । पोखरा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले कर्मचारीको कुशलता कार्यालयको गेटदेखि नै झल्किनुपर्ने बताएकी छन्।

नापी विभाग, भूमि व्यवस्थापन तथा अभिलेख विभागले शनिबार पोखरामा आयोजना गरेको ‘आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक प्रगति समीक्षा गोष्ठी’ बोल्दै मन्त्री अर्यालले आफ्नो व्यवस्थापकीय क्षमता के हो भनेर गेटदेखि नै झल्किनेगरी काम गर्न कर्मचारीलाई आग्रह गरेकी हुन्। ‘जनताले मालपोत र नापी सुध्रिएछन् भन्ने देखिने गरी काम गर्नुहोस्’, उनले भनिन्।’

मन्त्री अर्यालले कर्मचारीलाई कमजोर मनस्थिन नबनाउन आग्रह गर्दै सेवाभावका साथ प्रस्तुत हुन निर्देशन दिइन्। जागिरे मानसिकताबाट माथि उठेर निस्वार्थरुपमा काम गरे डराउनुपर्ने अवस्था नरहेको उनको भनाइ थियो।

‘तपार्इंहरु जो पवित्र हुनुहुन्छ डराउनुपर्दैन। गल्ती नगरेकालाई अख्तियारले लगेको छैन। प्रमाणै फेला परेपछि त के गर्नु तरु’ उनले भनिन्, , ‘काम ढिलो गरेर पैसा लिन्छन् भन्छन्। । यदि हो भने त्यस्तो गर्नुभएन। परिवर्तनको अनुभूति तपाईंहरूको टेबुलबाटै देखिने हो।’  राम्रो काम गर्ने कर्मचारीको संरक्षण गरिने भन्दै उनले बिनाकारण कसैलाई पनि अन्यायमा नपारिने बताइन्।

काम गर्ने क्रममा ठूला मुन्द्रा लगाउने विभिन्न व्यक्तिहरूसँग नडराउन समेत मन्त्री अर्यालले आग्रह गरिन्। प्रलोभनमा नपरी राष्ट्र र जनताको सेवामा समर्पित हुननिर्देशन दिँदै उनले भनिन, ‘ठूल्ठूला मुन्द्रा लाउनेसँग नडराउनुस्। गैंडासँग नलोभिनुस्, इमान्दार भएर सेवामा समर्पित हुनुहोस्।’

मन्त्रालय नयाँ ढंगबाट अगाडि बढ्न खोजेको भन्दै उनले बेथितिका कारण कहिलेकाँही निराश हुनुपर्ने अवस्था आउने गरेको बताइन्। उनले कर्मचारीको आचरणण र सेवा प्रभावमा प्रश्न उठेको भन्दै प्रश्नै उठाउन नमिल्लेगरी काम गर्न र आचारण सुधार्न समेत कर्मचारीलाई आग्रह गरिन्। ‘हामीमाथि औंला ठडिएको छ। प्रश्न कहाँ उठ्यो, औँला कहाँ ठड्याइयो भनेर सोच्नुहोस। सैस्कारी बन्नुहोस्, सेवा प्रवाहलाई तीव्र बनाउनुहोस्’, उनले भनिन्।

मन्त्रालयले पहिलोपटक राष्ट्रिय भूमि नीति बनाएको भन्दै मन्त्री अर्यालले त्यसका आधारमा सरकारले अब एकीकृत भूमि ऐन बनाउन लागेको जानकारी दिइन्। सरकारले निर्माण गरेका नीति नियम पढेर अगाडि बढ्न आग्रह गर्दै उनले प्रविधिको प्रयोग गर्ने कुरा उदाहरणीय भएको बताइन्। अब जनशक्ति धेरै नभएर जनशक्ति कम गर्दै प्रविधिबाट काम गर्नेगरी मन्त्रालय जान खोजेको उनको भनाइ थियो।
प्रविधिलाई जोड्दा छिटो काम हुने भन्दै मन्त्री अर्यालले अब यसलाई जोड दिन आग्रह गरिन्। ‘अबका मालपोत त नापी कार्यालय प्रविधिमैत्री कार्यालय हुन्’, उनले भनिन, ‘अहिले केही ठाउँबाट सुरु गरिएको छ अब सबै ठाउँमा यो सेवा पुग्छ।’

कार्यक्रममा बोल्नै मन्त्रालयका सचिव सुर्यप्रसाद गौतमले भूमि र नापी दुवै जग्गा व्यवस्थापनका निम्ति स्थापना गरिएको भन्दै जनतालाई सुबिधा हुनेगरी समन्वयतात्मक ढंगले काम गर्न आग्रह गरेका छन।

कार्यक्रममा गण्डकी प्रदेशका भूमि तथा नापी कार्यालयका कर्मचारी सहभागी थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ
२०८३ भाद्र ९, मंगलबार
राष्ट्रपतिद्वारा चाँगुनारायणको प्रसाद ग्रहण
२०८३ भाद्र ९, मंगलबार
सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल
२०८३ भाद्र ९, मंगलबार
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी
२०८३ भाद्र ९, मंगलबार
उनेपाले विद्युत् महसुलको भ्याट हटाउने, डेडिकेटेड–ट्रंक लाइनको बक्यौता असुल्ने
२०८३ भाद्र ९, मंगलबार
प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही
२०८३ भाद्र ९, मंगलबार
चीनबाट जनै आयात भएको तथ्याङ्क भेटिएन
२०८३ भाद्र ९, मंगलबार