असार २४, २०८२ मंगलबार July 8, 2025

निःशुल्क पाठ्यपुस्तकको छपाइ सुरु भएन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कक्षा १२ मा नयाँ भर्ना हुने विद्यार्थीले पठनपाठन सुरु भए लगत्तै पाठ्यपुस्तक पाउन कठिन हुने देखिएको छ । साउनबाट कक्षा १२ को नयाँ पठनपाठन सुरु गरिने तय भए पनि अहिलेसम्म पाठ्यपुस्तक छाप्ने सुरुवात नै नहुँदा विद्यार्थीले निःशुल्क पाठ्यपुस्तक पाउन कठिन हुने देखिएको हो ।

कक्षा १२ को तीनवटा विषयको पाठ्यपुस्तक सरकारले छाप्ने छ तर पाठ्यपुस्तक लेखन कार्य पूरा गरेर प्रकाशनका लागि अन्तिम स्वीकृति दिइएको छैन । पाठ्यक्रम विकास केन्द्रका निर्देशक तथा सूचना अधिकारी गणेशप्रसाद भट्टराईले असार २५ गतेसम्म पाठ्यपुस्तक लेखन कार्य पूरा गरी प्रकाशनका लागि जनक शिक्षा सामग्री केन्द्रमा पठाउने गरी तयारी भइरहेको जानकारी दिनुभयो ।

यसपटक सरकारले तीनवटा अनिवार्य विषय अङ्ग्रेजी, नेपाली र सामाजिक तथा जीवनोपयोगी शिक्षाका पुस्तक प्रकाशन गर्नेछ । गणित विषयको पुस्तक लेखन कार्य जारी रहेकाले केही समय लाग्ने जानकारी केन्द्रका अधिकारीहरूले दिएका छन् । उहाँले आफूहरूको तयारीअनुसार ढिलोमा पनि आगामी साउन १५ गतेसम्ममा विद्यार्थीको हातमा पाठ्यपुस्तक पु¥याउने योजना रहेको बताउनुभयो ।

राष्ट्रिय परीक्षा बोर्डले साउनबाट कक्षा १२ को पठनपाठन सञ्चालन गर्न सकिने जनाएको छ । असारभित्र कक्षा ११ को आन्तरिक मूल्याङ्कनको कार्य पूरा गरी साउन १ गतेबाट कक्षा १२ को नयाँ पठनपाठन सुरु गर्न सकिने जनाइएको हो ।

जनक शिक्षाले पाविकेन्द्रबाट अनुमति पाएपछिको तीन साताको हाराहारीमा पुस्तक छपाइ कार्य पूरा गरी विद्यार्थीको हातमा पु¥याउन सकिने जनाएको छ । केन्द्रका प्रबन्धक सञ्चालक अनिलकुमार झाले अनुमति प्राप्त गर्न बाँकी रहेकाले कक्षा १२ को पुस्तक छपाइ सुरु हुन नसकेको जानकारी दिनुभयो । गोरखापत्रबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार