असार २३, २०८२ सोमबार July 7, 2025

अटोमेटिक पेस्तोल र भरुवा बन्दुक सहित दुई जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः बाँकेको नेपालगंज उपमहानगरपालिका-१९ फुटाहबाट १ थान अटोमेटिक पेस्तोल सहित सोही उपमहानगरपालिका-२१ पुरैना बस्ने सोही उपमहानगरपालिका-१२ घर भएका ३१ वर्षीय अजिज अहमद शेषलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

हातहतियार सहित शंकास्पद मानिस हिँडिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले पुरैनाबाट राँझातर्फ साईकलमा जाँदै गरेको अवस्थामा उनलाई पेस्तोल सहित फेला पारी पक्राउ गरेको हो ।

उनी उपर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

दाङ, दंङ्गीशरण गाउँपालिका-२ स्थित तिलकन्या सामुदायिक बनबाट १ थान भरुवा बन्दुक सहित सोही ठाउँ बस्ने २४ वर्षीय मेघराज पुनलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

अबैध भरुवा बन्दुक साथमा लिई शिकार खेल्न हिँडेको अबस्थामा प्रहरी चौकी गोल्टाकुरीबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया