असार २३, २०८२ सोमबार July 7, 2025

सेनाको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रामेछाप । रामेछाप नगरपालिका–८ भंगेरीमा मंगलबार बिहान सेनाको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मोटरसाइक पछाडि सवार एक जना घाइते भएका छन् ।

रामेछापबाट मन्थली तर्फ आइरहेको बा १ झ १०७० नम्वरको नेपाली सेना नयाँ गोरखगणको गाडीले विपरित दिशाबाट आइरहेको बा ३८ प ३९४८ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक १४ वर्षका सुशिल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

घाइते १३ वर्षीय रामकृष्ण तामाङलाई उपचारको लागि जिल्ला अस्पताल रामेछाप पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक रविभूषण यादवले जानकारी दिएका छन ।

मोटरसाइकल चालक सिकारु बालक भएका कारण दुर्घटना भएको आशंका गरिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार