काठमाण्डौंः बैंकिङ्ग कसुर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भरतपुर महानगरपालिका१- १ का भरतराज खनाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उच्च अदालत पाटनको २०७७ साल फागुन ३ गतेको फैसलाले उनलाई बैकिङ कसुर मुद्दामा २२ लाख रुपैयाँ र ८ दिन कैद सजाय तोकेको थियो ।
निगरानी तथा खोजतलास गर्ने क्रममा शुक्रवार अपारन्ह सवा १ बजे भरतपुर महानगरपालिका वडा नम्बर ९ स्थित शरदपुरमा उनलाई पक्राउ गरिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्य बहादुर थापाले जानकारी दिए । उनलाई चितवन जिल्ला अदालत उपस्थित गराई कार्वाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले बताएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया