असार २३, २०८२ सोमबार July 7, 2025

लामखुट्टे भगाउने केहि घरेलु उपाय जानिराखौं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः हामी हाम्रो घरमा लामखुट्टेका कारण विभिन्न केमिकलयुक्त औषधिको प्रयोग गर्ने गरेका हुन्छौ ।

अहिले लामखुट्टेका कारण विभन्न ठाउमा डेंगुको प्रकोप बढेका खबर पनि हामीले सुन्ने गरेका छौ । हामीले यँहा लामखुट्टे हटाउने केहि घरेलु उपायका बारेमा चर्चा गर्दै छौ ।

हामीले प्रयोग गर्ने ल्वांगको तेलको बासनाले लामखुट्टे भाग्ने गर्दछन । त्यसैले नरिवलको तेलमा ल्वांग तेल मिसाएर शरीरमा लगाउनाले लामखुट्टेले टोक्दैन । यसले हामीले प्रयोग गर्ने ओड़ोमसको काम गर्ने गर्दछ ।

हामीले आफ्नो घरमा लगाउने सयपत्री फुलको बासनाले पनि लामखुट्टे भाग्ने गर्दछ । त्यसैले घर वरिपरी सयपत्री फुल लगाउनाले लामखुट्टे पनि भाग्ने र घरको सौन्दर्य पनि बढ्ने हुन्छ ।

त्यस्तै लामखुट्टेबाट बच्न हामीले कपुरको प्रयोग गर्न सक्दछौ । कपुरको एक टुक्रा जलाएर कोठामा राख्दा यसबाट आउने बासनाले लामखुट्टे भाग्ने गर्दछ । यो लामखुट्टे भगाउने सजिलो घरेलु तरिका हो ।

अर्को घरेलु तरिका हामीले प्रयोग गर्ने लिक्विड रिफिलमा कागतीको रस राखेर प्रयोग गर्दा लामखुट्टे भगाउन सकिन्छ । यसको प्रयोगले लामखुट्टे मर्ने गर्दछन । यसलाई हप्तामा दुई पटक प्रयोग गर्दा काफी हुने गर्दछ । त्यस्तै लामखुट्टेलाई भगाउन निमको पातलाई जलाएर मर्न सकिन्छ । करिब आधाघण्टा धुवा गर्नाले लामखुट्टे मर्छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया