असार २५, २०८२ बुधबार July 9, 2025

कक्षा १२ को परीक्षा भौतिक रुपमै सञ्चालन गर्न सिसिएमसिको अनुमति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सिसिएमसिले काक्षा १२ को अन्तिम वार्षिक परक्षिा भौतिक रुपम सञ्चालनका लागि अनुमति दिएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउन २२ गते बाट सञ्चालन गर्ने प्रस्ताव गर्दै सरकारसँग अनुमति मागेसँगै सिसिएमसिले अनुमति दिएको हो ।

सिसिएमसिले सर्त सहित परीक्षा सञ्चालन गर्न अनुमति दिएपनि अब मन्त्रीपरिषदको बैठकले परीक्षा सञ्चालन गर्ने निर्णय गरेपछि मात्र बोर्डले परीक्षाको तयारी थाल्नेछ ।

परीक्षा नियन्त्रक कृष्ण शार्मले भौतिक रूपमा नै परीक्षा सञ्चालन गर्ने योजनामा रहेकोले स्वस्थ्य मापदण्ड पालना र सामाजिक दुरी कायमगर्दे विद्यार्थीलाई सहज हुने र घरबाट नजिक पर्ने गरी परीक्षा दिने व्यावस्था मिलाउन सकिने बताउनु भयो ।

परीक्षा कहिलेबाट सञ्चालन गर्ने भन्ने निधो भएसँगै परीक्षा सेन्टरका बारेमा समेत निर्णय हुने बोडले जनाएको छ । यो वर्ष करिब ३ लाख ४० हजार विद्यार्थीहरु कक्षा १२ को परीक्षा सञ्चालनको पर्खाइमा रहेका छन् । खबर एजुकेशन

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया