असार १०, २०८३ बुधबार June 24, 2026

सीआईबीका पूर्व प्रमुख मल्लको नाममा नक्कली फेसबुक अकाउन्ट बनाएर रकम असुली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः पछिल्लो समय सामाजिक सञ्जालमार्फत हुने ठगी बढ्दै गएको छ । विभिन्न जालझेल, प्रलोभन, भ्रम तथा झुक्यानमा पारेर प्रयोगकर्तालाई ठग्ने प्रवृत्ति मौलाउन थालेको हो ।

यसैबीच नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्ल ठकुरीको नाममा नक्कली फेसबुक अकाउन्ट बनाएर विभिन्न व्यक्तिहरूसँग पैसा माग्दै गरेको पाइएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का पूर्व प्रमुख समेत रहेका ठकुरीको नाम दुरुपयोग गर्दै यस किसिमको ठगीको प्रयास भएको पाइएको हो ।

उनले फेसबुकमा पोस्ट गर्दै यसबाट सचेत रहन आग्रह गरेका छन् । मेरो नाममा फेक अकाउन्ट बनाएको यो तेस्रो पटक हो । उक्त व्यक्तिले विभिन्न व्यक्तिहरूसँग पैसा माग्ने गरेको छ । उनले फेसबुक पोस्टमा लेखेका छन् ।

टेकपानासँगको कुराकानीमा पूर्व डीआईजी ठकुरीले यस अघि समेत आफ्नो नाममा फेक आईडी बनाएर पैसा माग्दै गरेको खबर आफूले प्राप्त गरेको बताए । ‘मेरो नाम दुरुपयोग गरेर पैसा माग्दै गरेको जानकारी पाइएपछि फेसबुकलाई रिपोर्ट गरेका थियौं,’ उनले भने, ‘केही दिन पछि उक्त अकाउन्ट ब्लक भएको थियो ।’

तर यस्तो व्यक्तिले एकपछि अर्को गर्दै आफ्नो नाम दुरुपयोग गरिरहेको उनको भनाई छ । ‘फेसबुकमा आउने जानकारी तथा सामग्रीलाई हामीले गम्भीरतापूर्वक नलिँदा र विचार नगरिकनै विश्वास गर्दा ठगिमा पर्ने संभावना छ,’ उनले अगाडि भने ।

पूर्व डीआईजी ठकुरीको नाममा बनाइएको फेक अकाउन्टबाट प्रहरी अधिकृतहरूलाई समेत फ्रेन्ड रिक्वेस्ट पठाउने गरेको पाइएको छ । बिरामी भएको बहाना देखाउँदै आफ्नो नामबाट पैसा माग्ने गरिएको उनले सुनाए । ‘सामाजिक सञ्जाल प्रयोग गर्दा हामीले निकै नै सावधानी अपनाउनुपर्ने अवस्था आएको छ,’ उनले भने, ‘यसमा आउने कुनै पनि सामग्री सही हो वा होइन यकिन गरेर मात्र विश्वास गर्नुपर्छ ।’ – टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड
२०८३ असार १०, बुधबार
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट
२०८३ असार १०, बुधबार
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
२०८३ असार १०, बुधबार
पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात
२०८३ असार १०, बुधबार
रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी
२०८३ असार १०, बुधबार
आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण
२०८३ असार १०, बुधबार
सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था
२०८३ असार १०, बुधबार