काठमाण्डौंः प्रतिनिसभामा ‘महालेखा परीक्षको ५७ औँ वार्षिक प्रतिवेदन २०७७’ सभा समक्ष पेश गरिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सदनसमक्ष उक्त प्रतिवेदन पेश गर्नुभएको हो । राज्यव्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले ‘कारागार विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७८’ पनि सदनमा पेश गर्नुभयो ।
प्रतिनिधिसभाको अर्काे बैठक यही साउन १२ गते मङ्गलबार दिनको १ः०० बजे बस्नेछ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया