असार २५, २०८२ बुधबार July 9, 2025

मध्यपश्चिम विश्वविद्यालयका सबै परीक्षा स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः शुक्रबारबाट सञ्चालन हुने भनिएका मध्यपश्चिम विश्वविद्यालयका विभिन्न संकायका परीक्षा स्थगित गरिएका छन् । संयुक्त विद्यार्थी संगठनले विभिन्न माग राख्दै निरन्तर आन्दोलन गरेपछि परीक्षा स्थगित गरिएको हो ।

विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले एक सूचना जारी गर्दै मौका परीक्षाका सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको जनाएको छ ।

परीक्षा व्यवस्थापन प्रमुख डा.आनन्दप्रसाद सुवेदीले  मानविकी र सामाजिकशास्त्र संकाय व्यवस्थापन संकाय, विज्ञान तथा प्रविधि संकाय र शिक्षाशास्त्र संकाय अन्तर्गतका स्नातक तह आठौँ सेमेष्टरको मौका परीक्षा शुक्रबारदेखि प्रारम्भ हुनुपर्नेमा  विशेष प्रतिकूल परिस्थितिका कारण सञ्चालन हुन नसकेको बताए ।

साथै मौका परीक्षाका आगामी कार्यक्रम समेत स्थगित गरिएको उनले बताए । शुक्रबार दिउँसो १२ बजेदेखि परीक्षा सञ्चालन गर्ने तयारी थियो । तर, परीक्षा सञ्चालन गर्ने समय अगावै विद्यार्थीहरुले विश्वविद्यालय परिसरमा आन्दोलन गरेपछि परीक्षा सञ्चालन हुन सकेन । संयुक्त विद्यार्थी संगठनले गत आइतबारदेखि विभिन्न १८ बुँदे माग राख्दै आन्दोलन गरिरहेका छन् । बिहीबार विद्यार्थीहरुले विश्वविद्यालयमा अनिश्चितकालिन तालाबन्दी समेत गरेका थिए ।

गत आइतबार विश्वविद्यालयसमक्ष आफुहरुले राखेका मागहरुप्रति ध्यान नदिइएको भन्दै  विश्वविद्यालयको केन्द्रीय क्याम्पस, परीक्षा व्यवस्थापन कार्यालयलगायत सम्पूर्ण संकायको क्याम्पसहरुमा अनिश्चितकालका लागि बिहीबार तालाबन्दी गरिएको थियो ।

अनेरास्ववियुका (क्रान्तिकारी) केन्द्रीय सदस्य तथा प्रदेश सह–संयोजक तिर्सना हमालले विश्वविद्यालय अझै पनि वार्तामा आएर विद्यार्थीको समस्या समाधान गर्न नसकेको बताइन्  । ‘वार्तामा किन आउन सकिरहेको छैन् ? जबसम्म हामीले उठाएका माग सम्बोधन हुँदैनन् तबसम्म निरन्तर आन्दोलनमै रहने छौँ’उनले भनिन् ।

साथै हमालले शुक्रबार विद्यार्थीहरुले परीक्षा दिन नपाएकोप्रति स्वयम् विश्वविद्यालय जिम्मेवारी रहने स्पष्ट पारिन् । अनेरास्ववियु क्रान्तिकारीकी नेतृ ममता अधिकारीले  विद्यार्थीका सम्पूर्ण मागहरु उचित ढंगले सम्बोधन हुन नसके विश्वविद्यालयमा लगाइएको तालाबन्दी खुल्न नदिने बताइन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार